images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • मस्तिष्कको नसा फुट्नुअघि शरीरले दिन्छ यस्ता...

मस्तिष्कको नसा फुट्नुअघि शरीरले दिन्छ यस्ता संकेत !

मस्तिष्कको नसा फुट्नुअघि शरीरले दिन्छ यस्ता संकेत !

images
images
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं । मस्तिष्क हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंगहरूमध्ये एक हो । यसमा हुने सानो गडबडीले पनि सम्पूर्ण शरीरको स्वास्थ्यमा गम्भीर असर पार्छ । त्यसैले शरीरमा देखिने कुनै पनि साना परिवर्तनलाई ठुलो खतराको संकेत मान्दै बेवास्ता नगर्नु अत्यन्त जरुरी हुन्छ ।शरीरले ठुलो स्ट्रोक वा ब्रेन हेमरेज हुनुअघि नै प्रायः केही सूक्ष्म संकेतहरू दिइरहेको हुन्छ, जसलाई मानिसहरूले सामान्य ठानेर वास्ता गर्दैनन् । गम्भीर टाउको दुखाइ, शरीरको कुनै भागमा कमजोरी, बोल्न गाह्रो हुनु वा सन्तुलन गुम्नु जस्ता लक्षणहरू भविष्यमा आउने गम्भीर समस्याका चेतावनी हुन सक्छन् ।

    images
    images

    मेजर स्ट्रोक हुनुअघि देखिन सक्छ मिनी–स्ट्रोक

    मेजर (ठुलो) स्ट्रोक हुनुअघि मानिसमा मिनी–स्ट्रोक पनि हुन सक्छ । मस्तिष्कको कुनै भागमा केही समयका लागि पर्याप्त रगत र अक्सिजनको आपूर्ति हुन नसक्दा यो अवस्था सिर्जना हुन्छ । यसले स्ट्रोक जस्तै लक्षणहरू निम्त्याउँछ, तर ती लक्षणहरू प्रायः केही मिनेट वा घण्टापछि आफैँ हराएर जान्छन् र तात्कालिक रूपमा ठुलो क्षति पुर्‍याउँदैनन् ।यद्यपि, यसलाई हल्का रूपमा लिनु अत्यन्त खतरनाक हुन सक्छ; किनभने टीआईए निकट भविष्यमा हुन सक्ने ठुलो स्ट्रोकको पूर्वसङ्केत हुन सक्छ । यसका केही लक्षणहरू यस प्रकार छन्-

    images
    images

    –अनुहार एकापट्टि बाङ्गिनु वा कमजोरी महसुस हुनु

    –हात वा खुट्टामा अचानक झमझमाहट हुनु वा शक्तिहीन हुनु

    –बोल्न गाह्रो हुनु वा स्पष्ट शब्दहरू उच्चारण गर्न नसक्नु

    –हिँड्दा अचानक चक्कर लाग्नु वा शरीरको सन्तुलन गुम्नु

    –देख्न गाह्रो हुनु वा दृष्टि धमिलो हुनु

    मस्तिष्कको नसा फुट्नुअघि कस्ता संकेतहरू देखिन्छन् ?

    ब्रेन एन्युरिज्म वा मस्तिष्कको नसा कमजोर भएको अवस्थामा शरीरले सुरुमै केही चेतावनीमूलक संकेतहरू दिन थाल्छ, जसलाई समयमै पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ । यस्ता लक्षणहरूमा एकाएक गम्भीर टाउको दुख्नु, आँखावरिपरि दुख्नु, दृष्टि धमिलो हुनु वा घाँटी अररो हुनु (अकडिनु) आदि पर्छन् ।त्यस्तै, केही व्यक्तिमा वाकवाकी लाग्ने, बान्ता हुने, आवाजमा परिवर्तन आउने, बोल्न गाह्रो हुने वा बिनाकुनै स्पष्ट कारण व्यवहारमा अचानक परिवर्तन आउने जस्ता समस्या देखिन सक्छन् । यदि यस्ता लक्षणहरू अचानक सुरु भएमा, दोहोरिएमा वा तीव्र रूपमा बिग्रँदै गएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ ।

    के हो ब्रेन एन्युरिज्म ?

    जब मस्तिष्कको नसाको भित्ता कमजोर भएर बेलुनजस्तै फुल्छ, त्यस अवस्थालाई ब्रेन एन्युरिज्म भनिन्छ । रगतको लगातारको बहाव र दबाबका कारण यो फुलेको भाग बिस्तारै ठुलो हुँदै जान्छ । यदि यो फुलेको नसा फुट्यो भने मस्तिष्कभित्र आन्तरिक रक्तस्राव हुन्छ, जसलाई ब्रेन हेमरेज वा स्ट्रोक भनिन्छ ।

    कसरी कम गर्ने यो जोखिम ?

    अब प्रश्न उठ्छ— ब्रेन स्ट्रोक र एन्युरिज्मको जोखिम कसरी कम गर्ने? उमेर, आनुवंशिक कारण र केही दीर्घकालीन रोगहरूका कारण ब्रेन हेमरेज वा स्ट्रोकलाई शतप्रतिशत रोक्न सधैँ सम्भव नभए तापनि स्वस्थ जीवनशैली अपनाएर यसको जोखिमलाई उल्लेखनीय रूपमा घटाउन सकिन्छ । यसका लागि निम्न कुराहरूमा ध्यान दिनुपर्छ ः

    –सधैँ आफ्नो रक्तचाप नियन्त्रणमा राख्ने ।

    –धूम्रपान तथा मदिरा सेवनबाट टाढा रहने ।

    –दैनिक रूपमा हल्का व्यायाम वा योग गर्ने ।

    –भोजनमा ताजा फलफूल, हरियो तरकारी र सम्पूर्ण अन्न (गेडागुडी) समावेश गर्ने ।

    –धेरै चिल्लो, भुटेको तथा तारेको खानाको सेवन कम गर्ने ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend