images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै...

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

images
images
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ । इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो ।मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत इराकले उक्त पाइपलाइनमार्फत दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्नेछ । इराकी तेलमन्त्री बासिम मोहम्मद खुदैरले सम्झौता कार्यान्वयनका लागि दुवै देशका सम्बन्धित कम्पनीले काम सुरु गर्ने बताएको छ । इराकी प्रधानमन्त्री अली अल–जैदीले सामाजिक सञ्जाल ‘एक्स’ मा दुवै देशले तेल, विद्युत्, जलस्रोतलगायत आपसी हितका क्षेत्र समेटिएको विस्तृत सहकार्यको ढाँचा तयार गर्ने प्रक्रियालाई अघि बढाउने बताएको छ ।

    images
    images

    टर्कीका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री अल्पार्सलान बायराक्तारले सेहान बन्दरगाह हुँदै विश्व बजारमा इराकी तेल पुर्याउने पाइपलाइन क्षेत्रीय तथा विश्वव्यापी ऊर्जा आपूर्ति सुरक्षाका दृष्टिले रणनीतिक महत्वको रहेको बताए ।सेहानमार्फत इराकी तेल निर्यातसम्बन्धी दशकौँ पुरानो सम्झौताको अवधि सोमबार सकिएपछि नयाँ सम्झौता गरिएको हो । ‘स्ट्रेट अफ होर्मुज’मा बढ्दो क्षेत्रीय तनावले ढुवानीमा असर पार्न सक्ने अवस्थाबीच इराकले तेल निर्यातका वैकल्पिक मार्ग सुरक्षित गर्ने प्रयास गरिरहेको छ । कच्चा तेल निर्यात इराकको अर्थतन्त्रको प्रमुख आधार हो । तेलबाट हुने आम्दानीले देशको कुल राजस्वको करिब ९० प्रतिशत हिस्सा ओगट्ने गर्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend