images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने...

विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

images
images
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै मन्त्रालय बाँडफाँट र सरकारमा सहभागी दलहरूको जिम्मेवारी टुंग्याउने विषयमा छलफल तीव्र बनेको छ। पटकपटक भएका छलफलमा सरकारले पहिले विश्वासको मत लिने र त्यसपछि मन्त्रालय बाँडफाँट टुंग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ।

    images
    images

    लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यलाई  नै निरन्तरता दिइन‍े भएको छ। सोहीअनुसार मुख्यमन्त्री आचार्यले नयाँ सत्ता समीकरणमा सहभागी हुने दलहरूसँग मन्त्रालय बाँडफाँट तथा सरकार विस्तारका विषयमा छलफल अघि बढाएका हुन्।छलफलमा यसै हप्ता प्रदेश सरकारले विश्वासको मत लिने र त्यसपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तथा जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दिने मन्त्रालयको टुंगो लगाएर सरकार विस्तार गर्ने सहमति भएको बताइएको छ।

    नेकपा (एमाले)का तर्फबाट कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरीले सरकार विस्तार र मन्त्रालय बाँडफाँटबारे निरन्तर छलफल भइरहेको  बताए।उनले भने, 'हामी निरन्तर छलफलमै छौँ। यही हप्ता सरकारले विश्वासको मत लिने र त्यसपछि नेकपा तथा जसपालाई दिने मन्त्रालयको टुंगो लगाएर सरकार विस्तारको प्रक्रियामा अघि बढ्ने सहमति भएको छ।'उनका अनुसार नयाँ सत्ता समीकरणमा नेकपा र जसपा नेपाललाई समेटेर सरकारलाई पूर्णता दिने विषयमा दलहरूबीच सकारात्मक छलफल भइरहेको छ।

    images
    images

    नेकपाका प्रमुख सचेतक इन्द्रजित थारूले पनि प्रदेश सरकारलाई विश्वासको मत दिएपछि मन्त्रिपरिषद् विस्तारका विषयमा अघि बढ्ने सहमति भएको  बताए।अन्य प्रदेशको अवस्था र विकसित राजनीतिक परिस्थितिलाई समेत हेर्दै अघि बढ्ने विषयमा छलफल भएको छ,”' उनले भने, 'पहिले सरकारलाई विश्वासको मत दिने र त्यसपछि मन्त्रालय बाँडफाँट तथा सरकार विस्तारका अन्य विषय टुंग्याउँदै जाने सहमति भएको छ।'उनले कुन दलले कति मन्त्रालय पाउने र कुन–कुन मन्त्रालय कसलाई दिने भन्ने विषयमा भने विस्तृत छलफलमा प्रवेश नभएको बताए।'अहिले मन्त्रालयको संख्या र भागबन्डाको विषयमा ठोस सहमति भएको छैन,' उनले भने, 'पहिले विश्वासको मत दिने र त्यसपछि अन्य विषयमा सहमति गर्दै जाने समझदारी बनेको छ।'पछिल्लो पटक भएको छलफलमा नेकपाका तर्फबाट संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, नेकपा लुम्बिनी प्रदेशका पूर्वसंयोजक तथा पूर्वमन्त्री सुदर्शन बराल र प्रमुख सचेतक इन्द्रजित थारू सहभागी थिए।

    यसअघि शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)मा विभिन्न दलका नेताहरूसँग छलफल भएको थियो। उक्त छलफलमा नेकपाका संसदीय दलका नेता महरा, प्रमुख सचेतक थारू तथा पूर्वमन्त्री दीपेन्द्र पुन सहभागी थिए।यस्तै, जसपा नेपालका तर्फबाट युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डे र आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल अहिर सहभागी भएका थिए।मुख्यमन्त्री आचार्यले सरकारमा सहभागी हुने दलका अन्य आवश्यक नेताहरूसँग पनि छुट्टाछुट्टै छलफल गरिरहेका छन्। विश्वासको मत प्राप्त गरेलगत्तै मन्त्रालय बाँडफाँट टुंग्याएर सरकार विस्तार गर्ने गरी आन्तरिक तयारी भइरहेको एक मन्त्रीले बताए।लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय कायम गरिएको छ। नयाँ मन्त्रालय संरचनाअनुसार सरकारमा सहभागी दलहरूलाई जिम्मेवारी दिने तयारी गरिएको छ।हाल लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले)का तर्फबाट मुख्यमन्त्रीसहित पाँच जना मन्त्री र जसपा नेपालका दुई जना मन्त्री छन्। नयाँ सत्ता समीकरणमा एमाले, नेकपा र जसपा नेपालसहितका दललाई समेट्ने तयारी गरिएको छ।

    स्रोतका अनुसार नेकपालाई अर्थ मन्त्रालयसहित महत्वपूर्ण मन्त्रालय दिने गरी एमालेले आन्तरिक रणनीति बनाएको छ। यद्यपि मन्त्रालयको संख्या तथा कुन दलले कुन मन्त्रालय पाउने भन्ने विषयमा औपचारिक सहमति भइसकेको छैन।हाल लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले)का २९, नेपाली कांग्रेसका २७, नेकपाका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार, जसपा नेपालका तीन, जनमत पार्टीका तीन, जसपाका दुई, राष्ट्रिय जनमोर्चाका एक तथा एक स्वतन्त्र सदस्य रहेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend