images

२०८३ आश्विन २५ गते

images
images
images

सीसीआरसी र मनास्लु फाइनलमा

सीसीआरसी र मनास्लु फाइनलमा

images
images
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं, (नेस) ।सीसीआरसी र मनास्लु एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।कीर्तिपुरस्थित कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा सीसीआरसीले केभीसीलाई ९७–७२ ले पराजित ग¥यो । सीसीआरसीका विसन खड्काले ३१ अंक जोडे ।अर्को सेमिफाइनलमा मनास्लुले पुष्पसदनलाई ७५–६८ ले हरायो । मनास्लुका दिवस मगरले १६ स्कोर गरे । तेश्रो क्वाटरको समाप्तिसम्म मनास्ल समग्रमा ६ अंकले पछि परेको थियो ।
    दुवै टिम अपराजित फाइनल पुगेका हुन् ।

    images
    images

    ५ टिम रहेको समूह ‘ए’ बाट सीसीआरसी तथा ४ रहेको समूह ‘बी’ बाटमनास्लु विजेताका रुपमा सेमिफाइनलमा पुगेका थिए ।एइसीसी ग्लोबल कन्सल्टेन्ट्सको मुख्य प्रायोजनमा पुल्चोकियन्स फिट्नेस हबले आयोजना गरेको प्रतियोगतामा शीर्ष तीन स्थान हात पार्ने क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाउने छन् । फाइनल मंगलबार हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend