images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • बिपशा र राेजीले जिते ‘मिस एण्ड...

बिपशा र राेजीले जिते ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६´

बिपशा र राेजीले जिते ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६´

images
images
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौँ ।  ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६´ को उपाधि बिपशा भट्टराई र राेजी श्रेष्ठले जितेकी छन् ।बिपिशाले मिस र भट्टराई र  रोजीले मिसेस तर्फकाे उपाधि चुमेकी हुन् । सामरी इन्टरनेशनल इभेन्टस् प्रालिले आयोजना रहेको प्रतियोगितामा ‘मिस’ तर्फ नुमा फुङ सुब्बा फस्ट रनरअप र ‘मिसेस’ तर्फ कल्पना प्रसाई (कामना) फस्ट रनरअप, सरिता राई सेकेण्ड रनरअप, गम्भीर गंगा थर्ड रनरअप तथा गीता देवी अर्याल फोर्थ रनरअप घोषित भए । प्रतियोगिताको शीर्ष प्रायोजक बिहे सेवा रहेको थियो ।

    images
    images

    प्रतियोगितामा विधागत तर्फ कल्पना राई ‘पब्लिक च्वाइस विनर’, तीर्थाकुमारी मगर ‘भ्युवर च्वाइस विनर’ र हिमाकुमारी राजवंशी ‘मेनेजमेन्ट च्वाइस अवार्ड विनर’ भए । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतिनिधित्वका लागि राधा न्यौपाने ढकाललाई ‘मिसेस एसिया इन्टरनेशनल नेपाल’ तथा दुर्गादेवी थापालाई ‘क्लासिक मिसेस एसिया इन्टरनेशनल नेपाल’को उपाधि प्रदान गरिएको थियो।

    सामरी इन्टरनेशनल इभेन्ट्सका अध्यक्ष भरत सामरीले प्रतियोगिताको मुख्य उद्देश्य महिलाको नेतृत्व विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, महिला सशक्तीकरण तथा नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धन रहेको बताए । फाइनलमा प्रतियोगीहरूले विभिन्न प्रतिस्पर्धात्मक चरण, सांस्कृतिक प्रस्तुति, फेसन शो तथा विशेष कार्यक्रमहरू सम्पन्न गरेपछि निर्णायक मण्डलले उत्कृष्ट प्रतिस्पर्धी छनोट गरेका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend