images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८३ साउन १७ गते...

आजको राशिफलः २०८३ साउन १७ गते आईतवार

आजको राशिफलः २०८३ साउन १७ गते आईतवार

images
images
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईंको लागि उत्तम रहेको छ ,मानसिक तथा शारीरिक रूपमा सबल भईएला,कुनै पनि नयाँ कामको थालनी पनि हुनसक्छ,जागीर तथा नोकरी बाट बिशेष लाभ होला ।

    images
    images

    वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अध्ययन तथा अध्यापनमा मन जाने समय रहेकोे छ,मानसम्मान,इज्जत तथा प्रतिष्ठामा वृद्धि होला, दिउँसो पख भने शारीरिक पिडा हुनसक्छ ।

    मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन बिनाकारण कुनै विवादमा परिएला, तपाईंको खुट्टा तान्नेहरु कमि हुने छैनन् ,बोल्दा सावधानि अपनाउनुहोला,मध्याह्न पछी भने शुभ समाचार सुन्नाले मन प्रसन्न रहला।

    images
    images

    कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धन प्राप्त हुनाले मानमा उमंग तथा उत्साह भरिनेछ, मान सम्मानमा वृद्धि हुनाले बोलेका कुराहरू लागू होलान् , आजको दिन कुनै बिशिस्ट व्यक्ति संग भेट होला।

    सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धन आर्जनका नयाँ बाटाहरु खुल्नेछ्न, तपाईंको बोली कसैले काट्न सक्ने छैनन् , कुटुम्वको सहयोग प्राप्त होला, तरपनी दाँत तथा घाटीको समस्याले सताउन सक्छ।

    कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) तपाईंको आजको दिन पराक्रम तथा बलमा वृद्धि हुनेछ, विशेष प्रकारका कार्यक्रमहरु घरमा सम्पन्न होलान् , धेरै समयपछि मित्रसँगको भेटले मन हर्षित रहला।

    तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन तपाईंलाई गाडी साधन बाहन तथा पशु चौपायाबाट लाभ होला , आमाको स्वास्थ्य कमजोर हुनाले मन खिन्न रहला,तपाईंको इच्छा बिपरित धन खर्च होला।

    वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन तपाईंलाई खुट्टा तान्ने हरुको पनि कमि हुनेछैन, शिक्षासम्बन्धि कुनैपनि नयाँ अवसर हरु पनि आउनसक्छ, धार्मिक तथा सामाजिक काॠ गरिएला।

    धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन तपाईंका शत्रुहरु नाश होलान् , खुट्टा तान्नेहरु पनि तपाईंको शरणमा पर्नेछन् , रोग तथा ऋणबाट मुक्ति मिल्ला, धन प्राप्तिको योग बनेकाले धन प्राप्त हुनसक्छ।

    मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजको दिन तपाईंलाई पत्नी तथा पुत्रको सहयोग प्राप्त होला कुनै पनि नयाँ स्थानको भ्रमण होला, अनुहारमा कान्ति तथा सुन्दरता आउनेछ, मन परेको व्यक्तिसँग भेट होला।

    कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन तपाईलाई पशु तथा चौपायाबाट हानी होला,पाउनपर्ने धन आज पनि नपाइएला,बिरोधि तत्वहरु सक्रिय रहनेछन्, बोल्दा वा हिड्दा होसियार रहनुहोला।

    मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) तपाइँका लागि आजको दिन नयाँ बिचार तथा सृजना लिएर आउनेछ , मनमा सेवाको भाव आउला, धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुनपनी सकिने योग छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend