काठमाडौँ। सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न चितवनमा शुक्रबार सद्भाव र्याली आयोजना गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार (आज)बसेको सर्वदलीय बैठकले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सद्भाव र्याली गर्ने निर्णय गरेको हो।देशका विभिन्न स्थानमा भएका पछिल्ला घटनाहरूका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बैठकले प्रशासनको समन्वयमा राजनीतिक दलहरूले भरतपुरमा वृहत् सद्भाव र्याली निकाल्ने निर्णय गरेका हो । राजनीतिक दलहरूबिच भएको समन्वयात्मक बैठकले मुख्य ४ बुँदे निर्णय समेत गरेको छ।
बैठकले तराई मधेस लगायत देशका विभिन्न स्थानमा भएका दुःखद घटनाहरूको समीक्षा गर्दै बैठकले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ भने विद्यमान कठिन परिस्थितिमा राज्यलाई अझ बढी जिम्मेवार बन्न आग्रह गर्दै, दलहरूले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाही र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।सामाजिक सद्भाव कायम राख्न सकारात्मक भूमिका खेल्न आग्रह गर्दै, सद्भावमा खलल पुग्ने खालका सामग्री प्रकाशन/प्रसारण नगर्न सञ्चार माध्यम र सरोकारवालाहरूलाई बैठकले अनुरोध गरिएको छ भने धार्मिक र सामाजिक सद्भावका लागि सबैलाई जागरूक गराउने उद्देश्यले शुक्रबार (आज) अपराह्न ४ः३० बजे भरतपुर महानगरपालिकाको चौबिसकोठी चोकबाट वृहत् सद्भाव र्याली आयोजना गर्ने निर्णय गरिएको छ।राजनीतिक दलहरूले सद्भाव र्यालीमा व्यापक सहभागिता जनाउन सम्पूर्ण जिल्लावासी, नागरिक समाज र सरोकारवालाहरूमा अपिल गरेका छन्।





.gif)





