images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • सद्भाव जोगाउन धार्मिक अगुवासँग रवि लामिछानेको...

सद्भाव जोगाउन धार्मिक अगुवासँग रवि लामिछानेको छलफल

सद्भाव जोगाउन धार्मिक अगुवासँग रवि लामिछानेको छलफल

images
images
शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • सुनसरी, सिरहासहित देशका विभिन्न भागमा धार्मिक तथा सामाजिक सद्भाव खलबलिँदै गएपछि त्यसलाई नियन्त्रण गर्न र शान्ति पुनर्वहालीका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धार्मिक तथा सामाजिक अगुवाहरूसँग छलफल थालेका छन्।शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति लामिछानेले मुस्लिम समुदायका धार्मिक अगुवाहरू मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग गहन छलफल गरेका छन्। त्यसैगरी, उनले हिन्दू धर्मावलम्बीहरूका तर्फबाट विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि एकसाथ परामर्श गरेका छन्।

    images
    images

    छलफलका क्रममा सभापति लामिछानेले सुनसरीको देवानगन्ज र सिरहाको गोलबजारलगायत देशका संवेदनशील क्षेत्रहरूमा चर्कँदै गएको प्रदर्शन, तनाव र अविश्वासको वातावरण अन्त्य गर्नका लागि आ-आफ्नो समुदायका नागरिकहरूलाई संयम अपनाउन र शान्ति-सद्भाव कायम राख्न सार्वजनिक अपिल गरिदिन दुवै पक्षका धार्मिक अगुवाहरूसँग आग्रह गरेका छन्।छलफलमा सहभागी धार्मिक अगुवाहरूले पनि सामाजिक सहिष्णुता र सद्भाव नै नेपाली समाजको मौलिक पहिचान भएको उल्लेख गर्दै हिंसात्मक प्रदर्शन रोक्न र शान्ति सुव्यवस्था कायम गर्न आफ्नो तर्फबाट सकारात्मक सहयोग र पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend