images

२०८३ आश्विन २६ गते

images
images
images

शान्तिपूर्ण समाधान खोज्न एनआरएनएको आग्रह

शान्तिपूर्ण समाधान खोज्न एनआरएनएको आग्रह

images
images
शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ, १५ साउन ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले संवाद र सहकार्यका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ ।

    images
    images

    सङ्घका अध्यक्ष डा हेमराज शर्माले बिहीबार जारी विज्ञप्तिमा वर्तमान परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न, सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिए । 

    विज्ञप्तिमा शान्ति, सुरक्षा र विश्वास पुनःस्थापित गर्न सरकार, राजनीतिक दल, नागरिक समाज, स्थानीय समुदाय र सम्पूर्ण सरोकारवालालाई संवाद, संयम, सहकार्य र आपसी समझदारीका माध्यमबाट अघि बढ्न अनुरोध गरिएको छ ।

    images
    images

    सङ्घले पछिल्ला घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गरेको छ । यस्तै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend