images

२०८३ आश्विन २६ गते

images
images
images
  • समाचार
  • मधेसका ५ जिल्लामा नजिकको युनिटका प्रहरीलाई...

मधेसका ५ जिल्लामा नजिकको युनिटका प्रहरीलाई पठाइँदै

मधेसका ५ जिल्लामा नजिकको युनिटका प्रहरीलाई पठाइँदै

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । मधेस प्रदेशमा प्रदर्शन सुरु भएपछि नजिकका युनिटहरूमा कार्यरत प्रहरीलाई प्रदर्शन स्थलमा खटाइएको छ ।बागमती प्रदेशको विभिन्न गण र तालिम केन्द्रका प्रहरीलाई मधेसमा केन्द्रित गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए।

    images
    images

    सिरहा, सप्तरी, धनुषा, बारा र पर्सामा नजिकका युनिटहरूबाट प्रहरी पठाइएको छ । प्रधान कार्यालयका ती अधिकृत भन्छन्, ‘बागमती प्रदेशका विभिन्न युनिटका प्रहरीहरू मधेसका जिल्लाहरूमा पुगेका छन्, कुनै टोली जाँदै छन्।’सिन्धुली स्थित दुधौली तालिम केन्द्र, विशेष प्रहरी गण ढल्केबर, रातमाटे गण, बागमती प्रदेश प्रहरी गण हेटौँडा, भरतपुर तालिम केन्द्र र सप्तरी स्थित राजविराज तालिम केन्द्रका प्रहरीलाई प्रदर्शन स्थलमा परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहलाई मधेस प्रदेशमा पठाइएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend