images

२०८३ आश्विन १६ गते

images
images
images

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि

images
images
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • वासिङ्टन। अमेरिका र साउदी अरबले इराकमा संयुक्त रूपमा गरेको हवाई आक्रमण र पश्चिम एसियामा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी इरानले प्रहार गरेको ब्यालिस्टिक मिसाइल निष्प्रभावी बनाएसँगै बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल करिब ३ डलरले बढेको छ। यसका साथै अमेरिकामा कच्चा तेलको भण्डारण घट्नुले पनि मूल्य वृद्धिमा टेवा पुर्‍याएको छ।बुधबार बिहानसम्म ब्रेन्ट क्रुडको मूल्य ३.१५ डलर अर्थात् ३.८ प्रतिशतले बढेर प्रतिब्यारल ८७.२४ डलर पुगेको छ। त्यसैगरी अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) क्रुडको मूल्य पनि २.७३ डलर अर्थात् ३.४ प्रतिशतले वृद्धि भई प्रतिब्यारल ८१.९९ डलर पुगेको छ।अमेरिकी सेनामाथि भएको अप्रत्यासित आक्रमणलाई विफल पारिएको खबरपछि बजारमा तेलको मूल्य पुनः बढेको आईएनजीका विश्लेषकहरूले बताएका छन्। पछिल्ला घटनाक्रमले फारसको खाडीमा तत्काल तनाव कम हुने अपेक्षालाई कमजोर बनाएको धारणा उनीहरूले व्यक्त गरेका छन्।

    images
    images

    साउदी तेल संरचनाहरूमा भएका ड्रोन आक्रमणमा इरान समर्थित समूहहरूको हात रहेको आरोप लगाउँदै अमेरिका र साउदी अरबले इराकस्थित ती समूहहरूमाथि बुधबार आक्रमण गरेका थिए। यसको जवाफमा इरानले यस्ता आक्रमणका लागि आफूलाई दोष दिनु ठूलो गल्ती हुने चेतावनी दिएको छ। अमेरिकी सेनाले यस क्षेत्रमा आफ्ना सैनिकमाथि हुन लागेको अप्रत्यासित इरानी आक्रमणलाई असफल पारेको बताएको केही घण्टामै यी आक्रमणहरू भएका हुन्।तनावका बिच मङ्गलबार केवल पाँच वटा व्यापारिक जहाज मात्र स्ट्रेट अफ होर्मुज भएर गुज्रिएका छन्। उक्त जलमार्गमा ट्याङ्करहरूको आवतजावत अझै पनि निकै कम छ। जलमार्ग व्यवस्थापनका लागि खाडी मुलुकहरूको समर्थनमा ओमानले इरानसमक्ष ऐच्छिक शुल्क सङ्कलनसहितको योजना प्रस्तुत गरेको छ। तर इरानका एक वरिष्ठ अधिकारीले बुधबार ओमानको प्रस्तावलाई अस्वीकार गर्दै उक्त जलमार्गको क्षेत्रीय संयुक्त व्यवस्थापन सम्भव नरहेको बताएका छन्। युद्धअघि विश्वको पाँचौँ भाग कच्चा तेल र प्राकृतिक ग्यास यही जलमार्ग भएर ओसारपसार हुने गर्दथ्यो।

    डीएनबी बैंकका ऊर्जा अनुसन्धान प्रमुख सुभ्रो सरकारले मध्यपूर्वमा द्वन्द्वको उतारचढावसँगै अल्पकालमा ब्रेन्ट तेलको मूल्य प्रतिब्यारल ८० देखि १०० डलरको दायरामा उतारचढाव भइरहने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिमा फर्किने सङ्केत गरेपछि स्थिति अझ बढेको उनले बताएका छन्। रोकिँदै र सुरु हुँदै गरेका यी वार्ताका कारण होर्मुजको नाकाबन्दी पूर्ण रूपमा हट्न नसकेको र तनाव कम भएकै अवस्थामा पनि तेलको मूल्य प्रतिबैरेल ८० डलरको आसपास रहने उनले उल्लेख गरेका छन्।यसैबिच अमेरिकी पेट्रोलियम इन्स्टिच्युटको तथ्याङ्कलाई उद्धृत गर्दै जुलाई २४ मा समाप्त भएको सातामा अमेरिकाको कच्चा तेलको भण्डारण करिब ३३ लाख ब्यारलले घटेको छ। ऊर्जा सूचना प्रशासन (ईआईए) को आधिकारिक भण्डारण तथ्याङ्क बुधबार ढिला गरी सार्वजनिक हुँदै छ।मूल्य वृद्धिलाई थप बल पुर्‍याउँदै, ओपेक प्लसले अक्टोबरदेखि लागू हुने गरी तीन महिनाका लागि तेल उत्पादन वृद्धि रोक्न सक्ने सम्भावना रहेको छ। उत्पादक समूहले ऐच्छिक कटौतीपछि तय गरिएको परिमाण बजारमा ल्याइसकेपछि यो निर्णय लिन सक्ने स्रोतहरूले जनाएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend