images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • खरको छानामुक्त अभियानः ९२ हजारभन्दा बढी...

खरको छानामुक्त अभियानः ९२ हजारभन्दा बढी घरपरिवार जस्तापाताको छानामुनि

खरको छानामुक्त अभियानः ९२ हजारभन्दा बढी घरपरिवार जस्तापाताको छानामुनि

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौँ । सरकारले सञ्चालन गरेको खरको छाना विस्थापन अभियानअन्तर्गत हालसम्म ९२ हजारभन्दा बढी घरधुरीमा जस्तापाताको छाना छाइएको छ । शहरी विकास तथा भवन निर्माण विभागका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि सुरु भएको वित्तीय अनुदान कार्यक्रममार्फत ९२ हजार ९८८ घरपरिवार सुरक्षित आवास (जस्तापाताको छाना) मुनि आएका हुन् ।गरीबीको रेखामुनि रहेका नागरिकहरूलाई आगलागी, हावाहुरी, वर्षा तथा अन्य प्राकृतिक जोखिमबाट जोगाउन सरकारले खर वा फुसको छाना भएका घरहरूमा जस्तापाता हाल्न वित्तीय अनुदान उपलब्ध गराउँदै आएको छ।

    images
    images

    विभागले दिएको तथ्यांकअनुसार देशभर सुरक्षित आवास निर्माणका लागि कुल २ लाख १४ हजार २३० आवास संख्या स्वीकृत गरिएको थियो । स्वीकृत संख्यामध्ये हालसम्म १ लाख ५० हजार १२० घरधुरीसँग सम्झौता भइसकेको छ भने सोही सम्झौताअनुसार ९२ हजार ९८८ आवासको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ ।की सम्झौता भएका र प्रक्रियामा रहेका आवासहरूमा पनि द्रुत गतिमा काम भइरहेको विभागले जनाएको छ । यो कार्यक्रमबाट विपन्न तथा जोखिममा रहेका परिवारहरूको जीवनयापन सुरक्षित बन्न पुगेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend