images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्य सेवा अवरुद्ध नगर्न स्वास्थ्य मन्त्रालयको...

स्वास्थ्य सेवा अवरुद्ध नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य सेवा अवरुद्ध नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध नबनाउन सबै अस्पताललाई निर्देशन दिएको छ।  दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै मन्त्रालयले उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो ।चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका अन्य सेवा बहिस्कार गरिँदा बिरामीहरू प्रभावित बनेका छन्।

    images
    images

    मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहार घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले मंगलबार सबै अस्पताललाई स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ । स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने स्पष्ट पारेको छ । विज्ञप्तिमा स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनु उनीहरूको अधिकार भएको उल्लेख गर्दै नागरिकको उपचार सेवामा अवरोध नपुर्‍याइ स्वास्थ्य सेवा निरन्तर प्रवाह गर्न सबै अस्पताललाई अपिल गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend