images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • गोरखामा आधुनिक बालस्वास्थ्य सेवा विस्तार गर्दै...

गोरखामा आधुनिक बालस्वास्थ्य सेवा विस्तार गर्दै एनपीआई गोरखा हस्पिटल

गोरखामा आधुनिक बालस्वास्थ्य सेवा विस्तार गर्दै एनपीआई गोरखा हस्पिटल

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • गोरखा । गुणस्तरीय, भरपर्दो तथा सहज स्वास्थ्य सेवा प्रदान गर्दै आएको एनपीआई गोरखा हस्पिटलले नियमित स्वास्थ्य जाँच (रेगुलर हेल्थ चेकअप) सेवालाई थप प्रभावकारी बनाउँदै बालबालिका तथा नवजात शिशुको स्वास्थ्यलाई केन्द्रमा राखेर विशेषज्ञ सेवा सञ्चालन गरिरहेको छ। ‘स्वस्थ बालबालिका, स्वस्थ भविष्य’ भन्ने मूल नारासहित अस्पतालले समयमै रोगको पहिचान, रोकथाम र उपचारमा जोड दिँदै नागरिकलाई नियमित स्वास्थ्य परीक्षण गर्न आग्रह गरेको छ।

    images
    images

    NPL HOSPITAL REGULAR CHECKUP GORKHA.jpg

    अस्पतालका अनुसार धेरैजसो स्वास्थ्य समस्या प्रारम्भिक चरणमा स्पष्ट रूपमा देखिँदैनन्। तर नियमित स्वास्थ्य परीक्षणमार्फत रोगको समयमै पहिचान गर्न सकिने भएकाले उपचार पनि प्रभावकारी हुने र भविष्यमा जटिल अवस्था सिर्जना हुन नदिने सम्भावना बढ्छ। त्यसैले स्वस्थ व्यक्तिले पनि निश्चित अन्तरालमा स्वास्थ्य परीक्षण गराउनु आवश्यक रहेको अस्पतालले जनाएको छ।

    images
    images

    बालबालिकाको स्वास्थ्य सेवामा विशेष अनुभव हासिल गरेका वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रकाश शर्मा (एमबीबीएस, एमडी–पेडियाट्रिक्स) ले अस्पतालमा नियमित रूपमा सेवा प्रदान गरिरहेका छन्। उहाँको नेतृत्वमा नवजात शिशुदेखि किशोर अवस्थासम्मका बालबालिकाको स्वास्थ्य परीक्षण, रोगको उपचार तथा अभिभावकलाई आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराइँदै आएको छ।

    अस्पतालले नवजात शिशु तथा बालरोगसम्बन्धी व्यापक सेवा सञ्चालन गरिरहेको जनाएको छ। नवजात शिशुको सम्पूर्ण स्वास्थ्य परीक्षण, समयअघि जन्मिएका शिशुको विशेष हेरचाह, स्तनपान तथा पोषणसम्बन्धी परामर्श, बालबालिकाको शारीरिक तथा मानसिक विकासको नियमित अनुगमन (Growth & Development Monitoring) लगायतका सेवा उपलब्ध छन्। यसका साथै बालबालिकामा देखिने सामान्यदेखि जटिल रोगहरूको उपचार, एलर्जी, दम, निमोनिया, झाडापखाला लगायतका समस्याको उपचार तथा नियमित खोप सेवा पनि सञ्चालन भइरहेको अस्पतालले जनाएको छ।

    अस्पतालका अनुसार बालबालिकाको स्वास्थ्य केवल उपचारमा मात्र सीमित नभई पोषण, विकास, खोप तथा अभिभावकको सचेतनासँग पनि जोडिएको विषय भएकाले समग्र स्वास्थ्य व्यवस्थापनमा जोड दिइएको छ। त्यसैले प्रत्येक बालबालिकाको उमेरअनुसार स्वास्थ्य अवस्था मूल्याङ्कन गरी आवश्यक परामर्श प्रदान गर्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।

    एनपीआई गोरखा हस्पिटलमा आधुनिक प्रयोगशाला, आवश्यक स्वास्थ्य उपकरण, अनुभवी चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीको टोलीमार्फत छिटो, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ। अस्पतालले करुणामय सेवासँगै गुणस्तरीय उपचारलाई प्राथमिकतामा राख्दै बिरामीमैत्री वातावरणमा सेवा प्रदान गरिरहेको जनाएको छ।

    अस्पतालको ओपीडी सेवा हरेक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने जनाएको छ। शनिबार, आइतबार तथा सार्वजनिक बिदाका दिनसमेत नियमित ओपीडी सेवा उपलब्ध हुने भएकाले सेवाग्राहीले जुनसुकै दिन पनि स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श लिन सक्नेछन्।

    अस्पतालले विशेषगरी बालबालिकाको नियमित स्वास्थ्य परीक्षण, समयमै खोप, पोषण व्यवस्थापन तथा विकास अनुगमनलाई प्राथमिकता दिन अभिभावकलाई आग्रह गरेको छ। समयमै गरिएको स्वास्थ्य परीक्षणले भविष्यमा देखिन सक्ने धेरै स्वास्थ्य समस्याबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने अस्पतालको भनाइ छ।

    सेवासम्बन्धी थप जानकारी वा समय लिन इच्छुक सेवाग्राहीले ०६४–५९०००९, ९८५६०४३००९ वा ९७६९४९४९९८ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। अस्पताल गोरखा नगरपालिका–८, हरमटारी, गोरखामा अवस्थित छ।

    एनपीआई गोरखा हस्पिटलले आगामी दिनमा पनि आधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक तथा गुणस्तरीय सेवामार्फत गोरखा र आसपासका जिल्लाका नागरिकलाई सहज, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। "स्वस्थ बालबालिका, स्वस्थ भविष्य" भन्ने उद्देश्यलाई व्यवहारमा उतार्दै अस्पतालले बालस्वास्थ्य सेवाको पहुँच विस्तार र जनस्वास्थ्य प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउने जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend