काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुशासन र पारदर्शितालाई ध्यानमा दिँदै गुनासो सुनुवाइको काम सुरु गरेको छ । अस्पतालको सेवालाई चुस्त, दुरुस्त र बिरामी मैत्री बनाउन प्रतिष्ठानले विभिन्न स्थानमा राखेका सुझाव पेटिकामा सेवाग्राहीले राखेका गुनासोलाई समाधान गर्ने गरी काम अघि बढेको प्रतिष्ठानका अस्पताल निर्देशक तथा सह–प्राध्यापक डा.सुरेश रसाइलीले जानकारी दिए ।
रसाइलीले भने– ‘सेवाग्राहीको गुनासोलाई सम्भव भएसम्म समाधान गर्ने गरी हामीले यसतर्फ कदम चालेका छौँ, सुझाव पेटिका, फोन, म्यासेजमार्फत सेवाग्राहीले दिएका गुनासाहरूलाई हामीले समाधानको प्रयास गरेका छौँ ।’प्रतिष्ठानले हालै मात्रै शाखा अधिकृत शालिकराम कालाथोकिलाई गुनासो सुन्ने अधिकारी तोकेर सेवाग्राहीका गुनासालाई सुन्ने काम सुरु गरेको हो ।




.gif)



