images

२०८३ आश्विन १५ गते

images
images
images

८.९८ प्रतिशतले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा

८.९८ प्रतिशतले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य सुधार देखिएको हो ।बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १४ करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.९८ प्रतिशतले बढी हो । यो बैंकले गत आर्थिक वर्षको अन्तिमसम्ममा १२ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    images
    images

    समीक्षा अवधिमा ब्याज खर्च घटेका कारण बैंकको खुद ब्याज आम्दानीमा ठूलो सुधार आएको छ । अघिल्लो आर्थिक वर्ष २० करोड ४५ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी, गत आर्थिक वर्ष ५०.३० प्रतिशत बढेर ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको सञ्चालन नाफा पनि १८ करोड ५७ लाख रुपैयाँबाट बढेर २० करोड १७ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा बैंकको सेयरधनीहरूलाई वितरण गर्न मिल्ने वितरणयोग्य नाफा १५ करोड ४८ लाख ६६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी अनुसार सेयरधनीहरूलाई १२.७३ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने क्षमता दखिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend