काठमाडौँ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत खोटाङको व्यस्त तथा धार्मिक रूपमा महत्त्वपूर्ण जयराम–हलेसी सडक खण्ड मर्मत सम्भारका लागि बोलपत्र (टेन्डर) आह्वान गरिएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, सित्खा, रामेछापले बुधबार एक सूचना जारी गर्दै उक्त सडक खण्डको पुनर्स्थापना तथा नियमित मर्मत सम्भार कार्यका लागि बोलपत्र आह्वान गरेको हो ।यसअघि हलेसी तुवाचुङ नगरपालिकाकी नगर प्रमुख विमला राईले गत असार २६ गते राजमार्ग योजना कार्यालयलाई एक पत्र लेख्दै हलेसी–जयरामघाट सडक खण्ड तत्काल मर्मत गर्न अनुरोध गरेकी थिइन् । नगर प्रमुख राईले पठाएको पत्रमा सडक साँघुरो र जीर्ण भएका कारण विश्व प्रसिद्ध धार्मिक स्थल हलेसी महादेवको दर्शन गर्न आउने वार्षिक करिब ७ लाख भक्तजन तथा पर्यटकलाई आवतजावतमा कठिनाइ भइरहेको उल्लेख थियो । साथै, खोटाङ र भोजपुर लगायतका जिल्लाका स्थानीय बासिन्दाको दैनिक जनजीवन, अत्यावश्यक सामग्रीको ढुवानी र समग्र आर्थिक–सामाजिक गतिविधिमा समेत यसले प्रत्यक्ष असर पारेकाले सडक स्तरोन्नति र मर्मत गर्न माग गरिएको थियो ।
नगरपालिकाको उक्त पत्र र सडकको नाजुक अवस्थालाई मध्यनजर गर्दै योजना कार्यालयले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो बोलपत्र प्रकाशित गरेको हो । प्रकाशित सूचना अनुसार ‘जयराम–हलेसी सडक खण्ड’ मर्मत कार्यका लागि योग्य बिडरहरूले आवश्यक प्रक्रिया पूरा गरी बोलपत्र पेस गर्न सक्नेछन् ।
_R7eJqmUs4H.png)




.gif)





