काठमाडौँ । सडक डिभिजन कार्यालय नुवाकोटले बेत्रावती–धुन्चे–स्याफ्रुबेसी सडक खण्ड अन्तर्गत बेत्रावती–धुन्चे खण्डको मर्मत सम्भारका लागि बोलपत्र आह्वान गरेको छ । बुधबार उक्त सडक खण्डको ‘रियाक्टिभ’ मर्मत कार्यका लागि राष्ट्रिय प्रतिष्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत योग्य नेपाली बोलपत्रदाताहरूबाट विद्युतीय बोलपत्र माग गरिएको हो ।
सडक डिभिजन कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार उक्त मर्मत कार्यको अनुमानित लागत ९३ लाख २९ हजार १५० रुपैयाँ २३ पैसा रहेको छ इच्छुक र योग्य बोलपत्रदाताहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको आधिकारिक वेबसाइट मार्फत बोलपत्र सम्बन्धी कागजात डाउनलोड गरी अनलाइन आवेदन दिन सक्नेछन् ।




.gif)



