images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न...

माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन

माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन

images
images
बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डला क्षेत्र डुबानमा परेपछि यसलाई गम्भीरतापूर्वक लिँदै प्राविधिक कारण पहिचान गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।हालैका वर्षाका क्रममा माइतीघर क्षेत्र जलमग्न हुँदै आएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ तथा महानगरपालिकाका सम्बन्धित विभागका अधिकारीलाई घटनाको प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन निर्देशन दिएकी हुन्।मंगलबार साँझको अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिकाको विपद् व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग तथा महानगर प्रहरी बलका अधिकारीको सहभागिता रहेको थियो।

    images
    images

    स्थलगत अनुगमनका क्रममा डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख सुवोध देवकोटाले माइतीघर क्षेत्रमा ९० सेन्टिमिटर व्यासको ढल रहेको तर निकास हुने स्थानमा ६० सेन्टिमिटरको मात्र ढल भएकाले पानीको निकास प्रभावित भएको प्रारम्भिक जानकारी दिएका थिए। उनले यो डुबानको एउटा कारण भए पनि यही मात्र कारण नभएको बताएका थिए।अधिकारीहरूले माइतीघर मण्डला वरपर भवन तथा अन्य संरचना निर्माणका क्रममा ढल निकास प्रणालीमा अवरोध सिर्जना भएकाले त्यस्ता अवरोध हटाउनुपर्ने आवश्यकता औँल्याएका छन्।अनुगमनपछि कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासन तथा पूर्वाधार निर्माण र सेवा प्रवाहसँग सम्बन्धित निकायसँग समन्वय गरी माइतीघर मण्डला क्षेत्रको ढल प्रणालीमा रहेका सबै अवरोध हटाइ डुबानमुक्त बनाउने समेत बताइन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend