images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • भरतपुर अस्पतालमा बिरामीको उच्च चाप, एकै...

भरतपुर अस्पतालमा बिरामीको उच्च चाप, एकै दिन तीन हजार ३६८ जनाले लिए सेवा

भरतपुर अस्पतालमा बिरामीको उच्च चाप, एकै दिन तीन हजार ३६८ जनाले लिए सेवा

images
images
मंगलवार, श्रावण ५ २०८३
मंगलवार, श्रावण ५ २०८३
  • चितवन । भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ । सोमबार एकै दिन तीन हजार ३६८ जनाले सेवा लिएका छन् । बिरामीको चाप बढ्दा व्यवस्थापन जटिल बन्ने गरेको छ ।अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार ५८९ स्वास्थ्य बिमाका छन् । बाँकी ७८९ बिमा नभएका बिरामी हुन । उपचारका लागि आएकामध्ये ६८७ जना नयाँ बिरामी रहेको अस्पतालले जनाएको छ । एक दिनमा आकस्मिक सेवा लिनेको सङ्ख्या २६६ जना रहेको छ । अस्पतालका बिमा कार्यक्रम संयोजक लीलाधर पौडेलका अनुसार ७० प्रतिशत हाराहारी बिरामी बिमाका रहेका छन् । आकस्मिक सेवामा आएकामध्ये १०१ जना बिमा नभएका बिरामी हुन् ।

    images
    images

    संयोजक पौडेलका अनुसार सोमबार भिडियो एक्सरे गरेका बिरामीको सङ्ख्या ५०७ रहेको छ । यसमध्ये बिमाका ४१५ जना हुन् भने ९२ जना बिमा नभएका बिरामी हुन् । एकैदिन ४५ जनाको सिटीस्क्यान र ३१ जनाको एमआरआई गरिएको उनले बताए ।  अस्पतालमा आएका बिरामीमध्ये ८० वर्ष नाघेका बिरामीको सङ्ख्या १०९ जना रहेको छ भने ६० वर्षदेखि ७९ वर्षसम्म उमेरका बिरामी ७१३ जना रहेका छन् ।भरतपुर अस्पताल स्वास्थ्य बिमाका लागि देशमा नै नमूनाका रूपमा लिने गरिन्छ । यहाँ चितवनसहित २२ जिल्लाका बिरामी उपचारका लागि आउने अस्पतालले जनाएको छ । जिल्लाका दुई ठूला मेडिकल कलेजमा बिमा कार्यक्रम स्थगित भएपछि बिरामीको चाप उच्च हुँदै गएको हो ।स्वास्थ्य बिमा बोर्डबाट यस अस्पतालले गत आर्थिक वर्षमा रु ९२ करोड ३६ लाख ४२ हजार ९४७.३६ भुक्तानी पाएको छ । अस्पतालमा आएका बीमाका बिरामी उपचार गरेबापत अस्पतालले यो भुक्तानी पाएको हो । पौडेलका अनुसार अघिल्लो आव र गत आवको मङ्सिरसम्मको भुक्तानी आएको हो । त्यसयताको झन्डै रु ४० करोड भुक्तानी आउन बाँकी छ ।

    अस्पतालले विसं २०७४ भदौबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । यस अवधिमा स्वास्थ्य बीमामार्फत अस्पतालले रु दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९.९७ प्राप्त गरिसकेको छ ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले बिरामीको चाप उच्च हुँदा व्यवस्थापनमा जटिलता आएको बताए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend