images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • कर फिर्ता नभए सिंहदरबार घेराउ गर्ने...

कर फिर्ता नभए सिंहदरबार घेराउ गर्ने जेमजी मुभमेन्टको अडान

कर फिर्ता नभए सिंहदरबार घेराउ गर्ने जेमजी मुभमेन्टको अडान

images
images
मंगलवार, श्रावण ५ २०८३
मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौं । शिक्षा, स्वास्थ्य, विद्युत् र राइड सेयरिङ सेवामा लगाइएका नयाँ कर तत्काल फिर्ता नलिए सिंहदरबार घेराउसहित सशक्त आन्दोलनमा उत्रिने चेतावनी जेमजी मुभमेन्ट नेपालले दिएको छ।

    images
    images

    मुभमेन्टले जारी गरेको विज्ञप्तिमा सरकारले नयाँ बजेटमार्फत निजी शिक्षा र स्वास्थ्य सेवामा ३–३ प्रतिशत समता शुल्क तथा ५० युनिटभन्दा बढी विद्युत् खपत र राइड सेयरिङ सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर नागरिकमाथि थप आर्थिक भार पारेको आरोप लगाएको छ।

    अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सम्बोधन गर्दै मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा शिक्षा, स्वास्थ्य र ऊर्जा जस्ता आधारभूत सेवामा थप कर लगाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको छ।

    images
    images

    विज्ञप्तिमा भनिएको छ, जनताको आधारभूत अधिकारलाई राजस्व असुलीको माध्यम बनाउन मिल्दैन। कर फिर्ता नभए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्नेछ।

    जेमजी मुभमेन्टले सरकारले मागको सुनुवाइ नगरे सिंहदरबार घेराउदेखि देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएको छ। आन्दोलनको विस्तृत कार्यक्रम भने आगामी दिनमा घोषणा गरिने मुभमेन्टले जनाएको छ।

    सिंहदरबार घेर्ने ‘जेमजी मुभमेन्ट’को कडा चेतावनी: कर फिर्ता नभए देशै ठप्प पार्ने

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend