images

२०८३ आश्विन २३ गते

images
images
images

डिजेल र मट्टीतेलको मूल्य घट्यो

डिजेल र मट्टीतेलको मूल्य घट्यो

images
images
शुक्रवार, कार्तिक १६ २०८१
शुक्रवार, कार्तिक १६ २०८१
  •  नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले आज मध्यरात देखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

    images
    images

     मूल्य समायोजन सँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

     इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ र डिजेलमा १.०४ रुपैयाँले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend