images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • झापाको रतुवा खोलामा 'ल्याण्डमार्क ब्रिज' निर्माण...

झापाको रतुवा खोलामा 'ल्याण्डमार्क ब्रिज' निर्माण तीव्र, ५० प्रतिशत काम सम्पन्न

झापाको रतुवा खोलामा 'ल्याण्डमार्क ब्रिज' निर्माण तीव्र, ५० प्रतिशत काम सम्पन्न

images
images
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका ठुला र लामा पुलहरूलाई ‘ल्याण्डमार्क ब्रिज’ का रूपमा विकास गर्ने सडक विभागको नीति अनुरूप झापाको रतुवा खोलामा आकर्षक पुल निर्माण जारी छ।काँकडभिट्टादेखि लौहीपुरसम्मको ९५ किलोमिटर सडक खण्डमा निर्माण भइरहेका ६ वटा ठुला पुलमध्ये ५ सय ८५ मिटर लामो रतुवा पुलको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। कोरियाली परामर्शदाता कम्पनी ‘सोसुङ’ ले डिजाइन गरेको यो पुल आधुनिक ‘आर्च स्टिल ट्रस’ प्रविधिमा आधारित छ।पुलको कुल चौडाइ १६.५ मिटर रहने काँकडभित्ता–लौकही सडक योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतिले बताए। जसमा डबल लेनसहित सर्भिस लेन र फुटपाथको समेत व्यवस्था गरिएको र पुललाई कलात्मक र बलियो बनाउन ८७ देखि ९० मिटरसम्मका लामा स्पानहरू राखिएको जानकारी उनले दिए। उनका अनुसार यसमा प्रयोग गरिएको ४१० र ४२० ग्रेडको उच्च गुणस्तरको स्टिल चीनबाट आयात गरिएको हो।

    images
    images

    पुल निर्माणका लागि आवश्यक स्टिलका सामग्रीहरू तयार गर्न निर्माण व्यवसायीले मोरङको उर्लाबारीमा उच्च प्रविधियुक्त ‘फ्याब्रिकेसन यार्ड’ स्थापना गरेका छन्। उक्त यार्डमा सीएनसी मेसिनमार्फत कम्प्युटराइज्ड कटिङ र नियन्त्रित वेल्डिङको काम भइरहेको छ। नेपालमै पहिलो पटक यति ठुलो आकारको ग्याल्भेनाइजेसन ट्याङ्क निर्माण गरी पुलका संरचनाहरूलाई खिया नलाग्ने बनाउने (ग्याल्भेनाइजेसन) काम भइरहेको छ।लोहेन्द्र, बक्रा र रतुवा खोलाका तीनवटा पुलहरूलाई एउटै प्याकेजमा राखेर ठेक्का लगाइएको छ। यी तीनवटै पुलको कुल निर्माण लागत करिब साढे ५ अर्ब रुपैयाँ रहेको छ। कोबेक, सीआरइजिसी र तुँदी जेभीले निर्माण गरिरहेको यस परियोजनामा स्टिलको काम चिनियाँ प्राविधिकहरूले र पिएससी गर्डरको काम नेपाली निर्माण कम्पनी तुँदीले गरिरहेका छन्। सम्झौता अनुसार सन् २०२७ फेब्रुअरी २ सम्ममा पुलको निर्माण सम्पन्न गरिसक्नुपर्नेछ।

    वर्षायाममा चीनबाट स्टिल ढुवानी गर्न सडक अवरोधका कारण केही समस्या देखिए पनि अन्य प्राविधिक र समन्वयका कार्यहरू सुचारु रहेको प्रजापतिले बताए। विद्युतीय तार स्थानान्तरण लगायतका समन्वयका कामहरू सम्पन्न भइसकेका छन्। करिब ८० वर्ष आयु हुने अनुमान गरिएको यो पुलले आगामी ५० वर्षसम्मको सवारी चापलाई सहजै धान्न सक्ने प्राविधिकहरूको दाबी छ। हाल प्रयोगमा रहेको करिब ५० वर्ष पुरानो पुलको विकल्पमा यो नयाँ संरचना तयार भएपछि पूर्व–पश्चिम राजमार्गमा आवागमन थप सहज र सुरक्षित हुने विश्वास लिइएको प्रजापतिले बताएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend