images

२०८३ आश्विन २८ गते

images
images
images

पैँचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण

पैँचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण

images
images
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • काठमाडौं । नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई आफ्नो मूल अभियान बनाउँदै आएको पैँचो पसलले संस्थागत विकासको अर्को महत्त्वपूर्ण फड्को मारेको छ । आर्थिक वर्ष २०८३/८४ को सुरुआतसँगै कम्पनी पैँचो पसल प्रा.लि.बाट ‘पैँचो पसल लिमिटेड’मा रूपान्तरण भई औपचारिक रूपमा पब्लिक लिमिटेड कम्पनीका रूपमा सञ्चालनमा आएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा कम्पनी रजिस्ट्रारको कार्यालयबाट आवश्यक कानुनी स्वीकृति प्राप्त गरेसँगै कम्पनीले आफ्नो नयाँ संस्थागत संरचनाअनुसार कारोबार प्रारम्भ गरेको पैँचोले जनाएको छ ।

    images
    images

    वि.स. २०७१ सालमा स्थापना भएको पैँचोले १२ वर्षदेखि नेपाली कृषक, स्थानीय उत्पादन र उपभोक्ताबीच विश्वासको सशक्त सेतु निर्माण गर्दै आएको छ । उत्पादनदेखि प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, बजार व्यवस्थापन र वितरणसम्मको एकीकृत मूल्य शृङ्खला विकास गर्दै कम्पनीले नेपालको कृषि क्षेत्रमा निजी क्षेत्रको सफल मोडलका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ ।

    पब्लिक लिमिटेडमा रूपान्तरणसँगै कम्पनीले आफ्नो पुँजी आधार विस्तार, संस्थागत सुशासन सुदृढीकरण, आधुनिक प्रविधिमा लगानी, उत्पादन क्षमता अभिवृद्धि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार विस्तारलाई नयाँ प्राथमिकताका रूपमा अघि बढाउने जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend