images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • सुमेधा एयर सञ्चालन गर्न खोजेका निरज...

सुमेधा एयर सञ्चालन गर्न खोजेका निरज गोविन्दले बैंकको ऋण नतिरेको भन्दै १६ रोपनी जग्गा लिलामीमा

सुमेधा एयर सञ्चालन गर्न खोजेका निरज गोविन्दले बैंकको ऋण नतिरेको भन्दै १६ रोपनी जग्गा लिलामीमा

images
images
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • काठमाडौं । सुमेधा एयर नामक हेलिकप्टर कम्पनी सञ्चालन गर्न लागेका निरज गोविन्द श्रेष्ठले ऋण नतिरेको भन्दै बैंकले उनको नामको १६ रोपनी १० आना जग्गा लिलामीमा चढाएको छ । श्रेष्ठले नेपालइन्भेष्टमेन्ट मेगा बैंकबाट लिएको ऋण नतिरेका कारण बैंकले सोमबार सम्पत्ति लिलामीको ७ दिने सूचना जारी गरेको छ ।बैंकले पाल्पा घर भएका र हाल ललितपुर बस्ने निरज गोविन्द श्रेष्ठको नाममा रहेको धितो लिलाम गर्न लागेको हो । श्रेष्ठको नामको जग्गा ललितपुर महानगरपालिका (साविक सुनाकोठी गाविस वडा नं. ९) मा रहेको छ । लिलाममा राखिएका जग्गाहरू विभिन्न २४ वटा कित्ताको रहेको छ ।एनसेलमा उपेन्द्र महतोबाट २० प्रतिशत सेयर खरिद गरेर टेलिकम क्षेत्रमा ४ वर्ष मात्रै टिकेका निरज गोविन्द श्रेष्ठ नेपालको कर्पोरेट क्षेत्रमा समेत लगानी भएका व्यक्ति हुन् । उनले विभिन्न बैंकमा गरेको लगानी झिकेर हवाई उड्डयनमा केन्द्रित गर्न खोजेकै बेला उनको सम्पत्ति बैंकले लिलामीमा पठाएको हो ।

    images
    images

    एनसेल, सानिमा तथा माछापुच्छ्रे बैंकका पूर्वलगानीकर्ता श्रेष्ठ सुमेधा एयर नामक हेलिकप्टर कम्पनीमार्फत हवाई बिजनेशमा प्रवेश गर्न तम्तयार थिए । नेपालको निजी क्षेत्रको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलको सेयर खरिद बिक्रीमा विवादमा परेका श्रेष्ठले सुमेधा एयर दर्ता गरेका छन् ।उनको कम्पनी सुमेधाले इजाजतपत्र (लाइसेन्स)का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पाइससकेका छन् ।उनको वायुसेवा कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष उडान सञ्चालन अनुमति मागेको छ । प्राधिकरणले यो वायुसेवाको आवश्यक कागजात मूल्यांकन गरेर हवाई उडानको अनुमति दिन पार गर्नुपर्ने विभिन्न चरणको प्रक्रिा पार गर्ने क्रममै छ ।निरज गोविन्द नेपालमा विभिन्न क्षेत्रमा लगानी भएका गैरआवासीय नेपाली हुन् । २०६८ चैत १६ मा उपेन्द्र महतोसँग एनसेलको २० प्रतिशत सेयर स्वामित्व खरिद गरेपछि उनी ४ वर्ष एनसेलमा थिए ।

    एनसेल आजिआटा लिमिटेड बनेसँगै प्रवेश गरेका श्रेष्ठसँगै रेनोल्ड होल्ङिङको ८० प्रतिशत सेयर थियो । श्रेष्ठ २०७२ चैत २९ मा आफ्नो स्वामित्वको २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर्स प्रालिलाई बिक्री गरेर एनसेलबाट बाहिरिएका थिए ।एनसेल प्रवेश गर्दा र बाहिरिँदाको सेयरको खरिद बिक्री विवादमा परेपछि श्रेष्ठपनि त्यसमा मुछिए । सरकारले २०८० मंसिर २१ मा पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठन गरेको एनसेलको सेयर स्वामित्व खरिद बिक्री सम्बन्धी छानबिन प्रतिवेदनमा निरज गोविन्दमाथि थप छानबिन हुनुपर्ने उल्लेख छ ।निरज गोविन्द श्रेष्ठले उपेन्द्र महतोसँग एनसेलको २० प्रतिशत सेयर किन्दाको मूल्य र सो रकमको लगानीको स्रोत के हो भन्ने विषयमाथि पनि छानबिन समितिले प्रश्न उठाएको छ । त्यसो त निरज गोविन्दले विदेशी कम्पनीबाट ऋण लिएको २ करोड ३० लाख डलरको छानबिन गर्नुपर्ने विषय महालेखा परीक्षकको ५४ औं प्रतिवेदनमै उल्लेख छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend