images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • खाद्य विभागको अनुगमन - तीन उद्योगबाट...

खाद्य विभागको अनुगमन - तीन उद्योगबाट नमुना संकलन,एक उद्योगको उत्पादन बन्द

खाद्य विभागको अनुगमन - तीन उद्योगबाट नमुना संकलन,एक उद्योगको उत्पादन बन्द

images
images
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा ललितपुरका तीन खाद्य उद्योगमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आकस्मिक अनुगमन गरेको छ।अनुगमनका क्रममा ललितपुर महानगरपालिका–२६ स्थित गुड लाइफ फुड प्रोडक्टमा कुकिज तथा बिस्कुटको गुणस्तर सम्बन्धी उजुरीपछि निरीक्षण गर्दा कीट नियन्त्रण, एक्जस्ट प्रणाली, सरसफाइ र कर्मचारीको व्यक्तिगत स्वच्छतामा गम्भीर कमजोरी भेटिएकाले ती कैफियत सुधार नगरेसम्म उत्पादन नगर्न निर्देशन दिइएको छ र उद्योगलाई सात दिनभित्र प्रमाणसहित उपस्थित हुन भनिएको छ।

    images
    images

    यसैगरी, गोदावरी–१४ स्थित नाग्लो बेकरीज प्रालिको ‘स्पेसल नाग्लो पफ’मा प्रयोग हुने तेल र वनस्पति घिउ सरकारी मापदण्डभित्रै रहेको तथा सरसफाइ र भण्डारण सन्तोषजनक पाइए तापनि थप परीक्षणका लागि पफको नमुना संकलन गरिएको छ। त्यस्तै, गोदावरी–१ स्थित दक्षिणकाली दालमोठ उद्योगको ‘केटीएम ब्रान्ड’ दालमोठमा बाह्य पदार्थ भेटिएको उजुरीमा अनुगमन गर्दा सरसफाइ सन्तोषजनक पाइए पनि एक्जस्ट प्रणाली प्रभावकारी बनाउन र झ्याल-ढोकामा जाली जडान गर्न निर्देशन दिँदै दालमोठको नमुना प्रयोगशाला परीक्षणका लागि पठाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend