images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • बाढी–पहिरोको असर: देशका प्रमुख राजमार्ग अवरुद्ध,...

बाढी–पहिरोको असर: देशका प्रमुख राजमार्ग अवरुद्ध, कतै एकतर्फी मात्र सञ्चालन

बाढी–पहिरोको असर: देशका प्रमुख राजमार्ग अवरुद्ध, कतै एकतर्फी मात्र सञ्चालन

images
images
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • काठमाडौं- निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।नेपाल प्रहरीले साउन ४ गते बिहान ६ः१० बजेसम्मको विवरण सार्वजनिक गर्दै कोशी र बागमती प्रदेशका विभिन्न राजमार्गमा बाढी तथा पहिरोका कारण यातायात प्रभावित भएको जनाएको छ।

    images
    images

    कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा आएको बाढीका कारण मध्यपहाडी लोकमार्गमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ। इलामको राजदुवालीस्थित मेची राजमार्ग, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–६ माम्खामा रहेको मध्यपहाडी लोकमार्ग तथा उदयपुरको कटारी–११ हर्देनीस्थित सिद्धिचरण लोकमार्ग भने पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।बागमती प्रदेशमा पनि वर्षाले सडक सञ्जालमा ठूलो असर पारेको छ। काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सवारी आवागमन रोकिएको छ।

    यस्तै, मकवानपुरको हेटौँडा हुँदै ललितपुर जोड्ने कान्तिलोकपथमा पनि बाढी र पहिरोको उच्च जोखिमका कारण अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन स्थगित गरिएको छ।सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं। २ कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा पहिरो जाँदा पृथ्वी राजमार्गमा पनि सवारी आवागमन ठप्प बनेको छ।धादिङको बेनीघाट रोराङ–१० तिमराङखानीमा पहिरो हटाएर पृथ्वी राजमार्ग केही समय एकतर्फी सञ्चालनमा ल्याइए पनि जोवाङ खोलामा पुनः पहिरो खसेपछि सडक फेरि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    images
    images

    उता, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुन्डामा पहिरो गए पनि पासाङ ल्हामु राजमार्गमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने काम सम्बन्धित निकायले तीव्र रूपमा अघि बढाइरहेका छन्। वर्षा जारी रहेकाले अत्यावश्यकबाहेक लामो दूरीको यात्रा गर्दा सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न पनि यात्रुलाई आग्रह गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend