images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा...

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

images
images
शनिवार, श्रावण २ २०८३
शनिवार, श्रावण २ २०८३
  • दाङ, २ साउन । उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२।८३ मा ७२५ वटा मुद्दा फछ्र्योट गरेको छ । उच्च  अदालत तुलसीपुरका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार एक वर्षको अवधिमा अदालतमा दर्ता भएका ८५३ वटा र अघिल्लो आवदेखि जिम्मेवारी सरेका २१२ गरी एक हजार ६५ मुद्दामध्ये ७२५ वटा फछ्र्योट भई हाल ३४० विचाराधीन अवस्थामा छन् । 

    images
    images

    कार्यालयले गत आवमा ६५ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेका करिब ६८ प्रतिशत फछ्र्योट गरेको हो भने तीन दशमलव शून्य सात प्रतिशतभन्दा बढी मुद्दाको फैसला गरिएको उनले जानकारी दिएका छन् । विचाराधीन अवस्थामा रहेका धेरै मुद्दा इजलासमा अन्तिम फैसला गर्नका लागि प्रक्रिया नपुगेका रहेका उनको भनाइ छ ।

    सूचना अधिकारी शर्माका अनुसार अदालतमा एक वर्ष नाघेका अधिकांश मुद्दा फैसला भएका छन् । बाँकी रहेकामा छ महिनाभित्रका २५५, छ महिनादेखि एक वर्षभित्रका ८३, एक वर्षदेखि १८ महिनाका एक र १८ महिनादेखि दुई वर्षभित्रका एउटा मुद्दा रहेका उनले जानकारी दिएका छन् ।

    images
    images

    उच्च अदालत तुलसीपुरले शुक्रबार यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा अदालतले एक वर्षको अवधिमा गरेको प्रगति विवरण सार्वजनिक गरेको हो । गत भदौमा भएको जेन्जी आन्दोलनका क्रममा यो अदालत पूर्ण रूपमा क्षति भएपछि अदालत परिसरमा पाल लगाएर अतिआवश्यक सेवा सञ्चालन गरेको थियो । 

    अदालतले केही समयपछि मोटरसाइकल ग्यारेजलाई अस्थायी इजलास बनाएर सात महिनासम्म सोही ठाउँबाट मुद्दाको सुनुवाइ गरेको सूचना अधिकारी शर्माले जानकारी दिएका छन् ।

    उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश राजेश्वर तिवारीले यस अदालतले न्यायपालिकाकोे पञ्चवर्षीय रणनीतिक योजना अनुसार मुद्दा व्यवस्थापन पद्धतिअनुसार सरल मार्ग, सामान्य मार्ग र विशेष मार्गगरी तीन प्रकारमा मुद्दा विभाजन गरी फछ्र्योट गर्दै आएको बताएका छन् । सरल मार्गमा छ महिनाभित्र, सामान्यमा एक वर्षभित्र र विशेष मार्गमा १८ महिनाभित्र मुद्दा फछ्र्योट गरिसक्नुपर्ने व्यवस्था रहेको बताउँदै उनले सोही अनुसार कार्यसम्पादन गरिएको  जानकारी दिएका छन् ।

    मुख्यन्यायाधीश तिवारीले अदालतमा एक वर्ष नाघेका मुद्दाको सङ्ख्या न्यून रहेको बताउनुभयो । त्यस्तै  थुनुवा तथा असहाय, आर्थिक रूपमा विपन्न बालबालिका, महिलालगायत पछाडि परेका वर्गका मुद्दामा वैतनिक कानुन व्यवसायीबाट निःशुल्क सेवा प्रवाह गर्दै आइएको उनले उल्लेख गरेका छन् ।

    मुख्यन्यायाधीश तिवारीले जेनजी आन्दोलनका क्रममा अदातलतको भवन तथा काजताज जलेर पूर्ण रूपमा नष्ट भए पनि सेवा प्रवाह नरोकिएको बताएका छन् । उनले तुलसीपुर उपमहानगरपालिकाद्वारा अदालत परिसरमा निर्माण गरिएको दुई कोठाको टहरालाई गत चैत २७ गतेदेखि इजलास कक्ष बनाएर सेवा प्रवाह गरिरहेको उनले जानकारी दिएका छन् ।

    त्यस्तै अदालत सुरक्षार्थमा खटिएका प्रहरीलाई चमेनागृह भवनमा स्थानान्तरण गर्नुका साथै सुरक्षा ब्यारेकलाई मर्मत गरी माथिल्लो तलामा अभिलेख शाखा र तल्लो तलामा प्रशासनिक तथा फाँटको काम सुरु गरिएको मुख्यन्यायाधीश तिवारीले उल्लेख गरेका छन् ।

    आगजनीबाट नष्ट भएका मिसिल कागजातको प्राप्तिका लागि सम्बन्धित जिल्ला अदालतमा उच्च अदालतका कर्मचारी खटाई कागजात प्राप्तिमा समन्वय गरिएको उनले बताएका छन् । उनका अनुसार गत भदौ २४ गतेको घटनामा अदालत भवन, कागजात, सवारीसाधनलगायत सामग्री जलेर नष्ट भएका थिए ।

    उच्च अदालतको कार्य क्षेत्र दाङ, प्यूठान, रोल्पा र रुकुम रहेका छन् । लुम्बिनी प्रदेशको बुटवल र नेपालगञ्ज उच्च अदालत तुलसीपुर उच्च अदालतका इजलासका रूपमा रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend