images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • दुर्गेश र प्रियंकाको 'मास्टर्नी' गीतविरुद्धसञ्चार मन्त्रालयमा...

दुर्गेश र प्रियंकाको 'मास्टर्नी' गीतविरुद्धसञ्चार मन्त्रालयमा उजुरी

दुर्गेश र प्रियंकाको 'मास्टर्नी' गीतविरुद्धसञ्चार मन्त्रालयमा उजुरी

images
images
शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको छ। शुक्रबार एक शिक्षकले उक्त गीत प्रतिबन्ध लगाउन माग गर्दै मन्त्रालयमा लिखित निवेदन दिएका हुन्। उजुरी दिने शिक्षक तनहुँको व्यास नगरपालिका–११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराई रहेका छन्।निवेदनमा चलचित्र ‘मास्टर्नी’ मा समावेश ‘ताराबाजी लैलै’ बोलको गीतमा समग्र शिक्षक समुदाय, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाको गरिमामाथि अपमान हुने किसिमका अमर्यादित शब्द प्रयोग गरिएको आरोप लगाइएको छ । उजुरीकर्ताले गीतका शब्दले शिक्षक पेसाको सम्मानमा आँच पुर्‍याउनुका साथै सामाजिक तथा सांस्कृतिक मूल्य–मान्यतामाथि समेत नकारात्मक प्रभाव पार्ने दाबी गर्दै तत्काल रोक लगाउन माग गरेका छन्।

    images
    images

    यसअघि पनि उक्त गीतले शिक्षक र शिक्षण पेसाको मर्यादामाथि प्रहार गरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समिति ले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका थिए। शिक्षक संघ–संस्थाहरूले गीतका आपत्तिजनक अंश सच्याउन तथा सार्वजनिक रूपमा माफी माग्नसमेत माग गर्दै आएका छन्। पछिल्लो उजुरीसँगै चलचित्रको उक्त प्रमोसन गीत विवादमा परेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend