images

२०८३ आश्विन १७ गते

images
images
images

स्वास्थ्य मन्त्रालयमा १ हजार ८ सय ६ दरबन्दी कायम गरिने

स्वास्थ्य मन्त्रालयमा १ हजार ८ सय ६ दरबन्दी कायम गरिने

images
images
शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ तथा प्रस्तावित सङ्गठन संरचना (ओएण्डएम) को खाका तयार पारेको छ । प्राप्त अनुसूची–१ को प्रस्तावित संरचना अनुसार मन्त्रालयको नेतृत्व राजनीतिक रूपमा मन्त्री र प्रशासनिक रूपमा सचिवले गर्ने गरी खाका कोरिएको छ । मन्त्रालय मातहत विभिन्न तहका कर्मचारीहरूका लागि कुल १ हजार ८ सय ६ वटा दरबन्दी कायम गर्ने प्रस्ताव गरिएको छ। मन्त्रीको निजी सचिवालय, मन्त्रालयको सचिवालय र स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ सिधै नेतृत्व तहसँग जोडिने गरी संरचना निर्माण गरिएको छ । प्रस्तावित नयाँ संरचना अन्तर्गत मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित बनाउन मुख्य गरी तीन वटा महाशाखाहरूको प्रस्ताव गरिएको छ । जसमा नीति, योजना तथा जनस्वास्थ्य समन्वय महाशाखा, स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखा, र प्रशासन तथा सूचना प्रविधि महाशाखा रहेका छन् । 

    images
    images

    नीति तथा योजना महाशाखा अन्तर्गत बजेट, अनुगमन तथा मूल्याङ्कन र स्वास्थ्य समन्वय शाखा रहनेछन् भने प्रशासन महाशाखा अन्तर्गत मानव संसाधन, आर्थिक प्रशासन, कानुन र सूचना प्रविधि (इ–हेल्थ) शाखाहरू समावेश गरिएका छन्।संरचनाको स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखाले स्वास्थ्य संस्थाको मापदण्ड र गुणस्तर नियमन गर्नेछ । यस महाशाखा अन्तर्गत चिकित्सा सेवा, शिक्षा तथा वैकल्पिक चिकित्सा शाखा, स्वास्थ्य संस्था मापदण्ड शाखा र खाद्य तथा औषधि गुणस्तर नियमन शाखा रहने प्रस्ताव छ । यस्ता शाखाहरूमा वरिष्ठ फर्मासिष्ट, जनस्वास्थ्य अधिकृत, खाद्य अनुसन्धान अधिकृत, फर्मेसी अधिकृत र खाद्य निरीक्षकसहितका प्राविधिक तथा प्रशासनिक कर्मचारीहरू खटिने गरी जिम्मेवारी र दरबन्दीको बाँडफाँट गरिएको छ ।

    746209168_1578916887153394_929478145816300379_n

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend