images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि...

मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी

मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी

images
images
शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडितका प्रतिनिधि र सरकारी वार्ता टोलीबिच झण्डै ६ घण्टादेखिको वार्ता जारी छ । पीडित पक्षका मागमा सहमति जुटाएर सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरी वार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन् भने गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्यका रूपमा सहभागी छन् ।

    images
    images

    मिटरब्याज पीडित पक्षको तर्फबाट वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरिरहेका छन्। पीडितका पक्षबाट अन्य सदस्यहरूमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी सहभागी छन्।सिमरामा गृहमन्त्री सुधन गुरुङ र पीडित प्रतिनिधिबिच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको सरकारी पक्षले जानकारी दिएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend