सुर्खेत। सङ्घीय सरकारका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल कर्णाली राजमार्गको अनुगमनमा निस्किएका छन्। शुक्रबार वीरेन्द्रनगरदेखि उनी माथिल्लो कर्नालीतर्फ लागेका छन् । रास्वपाका सांसद रमेश कुमार सापकोटाका अनुसार, लम्सालले ५ दिनमा कर्णाली राजमार्ग, कर्णाली करिडोरसहित सडकको अनुगमन गर्नेछन्। शुक्रबार वीरेन्द्रनगरको बांगेसिमलबाट सुरु हुने कर्णाली राजमार्ग हुँदै कालिकोट पुग्ने कार्यतालिका छन् ।
कर्णाली राजमार्ग मृत्युमार्ग बनेको भन्दै आलोचना भइरहेको बेला पहिलो पटक केन्द्रका भौतिकमन्त्रीको अनुगमनले राजमार्ग सुधार आउने अपेक्षा गरिएको छ। अनुगमन टोलीमा सडक विभागका अधिकारीहरू सहभागी छन्।




.gif)



