images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई...

वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ

वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ

images
images
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौँ ।  वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ गरेका छन् ।केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने रूकुम मुसिकोट नगरपालिका–३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्का र बूढानीलकण्ठ नगरपालिका पासीकोट बस्ने रूकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–८ घर भएका ४८ वर्षीय पूर्णबहादुर मल्ल पक्राउ परेका हुन् ।

    images
    images

    वैदेशिक रोजगार न्यायाधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति प्राप्त भएका खड्का फरार रहेको अवस्थामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो ।जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका मल्ल बूढानीलकण्ठबाट पक्राउ परेका हुन् । आवश्यक कारबाहीका लागि खड्कालाई वैदेशिक रोजगार विभाग र मल्ललाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend