images

२०८३ आश्विन २९ गते

images
images
images

लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग

लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग

images
images
बिहिवार, आश्विन २९ २०८३
बिहिवार, आश्विन २९ २०८३
  • नवलपुर (नवलपरासी), २९ असोज । दसैँमा लिङ्गे पिङ हाल्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ ।

    images
    images

    जिल्लाको गैँडाकोट नगरपालिका–२ को कार्यालयले वडाका सम्पूर्ण टोल विकास संस्थालाई लिङ्गे पिङ राख्नका लागि आर्थिक सहयोग गर्ने भएको हो । नगरपालिकाले अन्य वडालाई पनि सोही अनुसारको सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । 

    वडाध्यक्ष प्रकाश सापकोटाले लोप हुन लागेको लिङ्गे पिङको जगेर्ना गर्ने उद्देश्यले वडाभित्रका १० वटै टोल विकास संस्थालाई आर्थिक सहयोग गर्न लागिएको बताएका छन् । 

    images
    images

    “नेपालीको महान् पर्व दसैँ, तिहार तथा छठका अवसरमा कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्य स्वरुप हामीले टोल विकास संस्थामार्फत पिङ हाल्न सहयोग गर्दैछौँ,” सापकोटाले भने, “हामीले प्रतिटोल विकास संस्थालाई पिङ हाल्न लाग्ने अनुमानित खर्च रु पाँच हजार ५०० प्रदान गर्ने निर्णय गरेका छौँ ।” 

    टोल विकास संस्थाले आफ्नो टोलमा लिङ्गे पिङ हालेपछि बिल, भरपाई बुझाएर वडा कार्यालयबाट भुक्तानी लिन सक्ने वडाध्यक्ष सापकोटाले बताएका छन् । “संस्कार र संस्कृति जोगाउन सकेमा हाम्रो सभ्यता जोगिन्छ,” उनले भने, “सभ्यता जोगिए मात्र हामी नेपाली हौँ भनेर गर्व गर्न सक्छौँ, त्यसैले पिङ हाल्न आर्थिक सहयोग गर्ने निर्णय गरेका हौँ ।” 

    पछिल्लो समय दसैँका बेलामा विभिन्न कारणले गाउँघरमा लिङ्गे पिङ हाल्ने परम्परा हराउँदै गएकाले मौलिक संस्कृतिको संरक्षणका लागि वडाले पहल गरेको सापकोटाले बताएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend