काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न सार्वजनिक निकायबाट ठेक्का तोडिएका आयोजनाको विस्तृत विवरण माग गरेको छ । महासंघले आफ्ना सम्पूर्ण सदस्यहरूलाई पत्राचार गर्दै ठेक्का तोडिनुको अवस्था, कारण र त्यसले निर्माण व्यवसायीलाई पारेको प्रभावबारे अध्ययन गर्न उक्त विवरण माग गरेको हो ।
महासंघका महासचिव शिवहरि घिमिरेद्वारा जारी गरिएको परिपत्रअनुसार, जिल्ला अन्तर्गतका निर्माण व्यवसायी सदस्यहरूलाई ७ दिनभित्र तोकिएको ढाँचामा विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ।




.gif)



