images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता सुरु

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता सुरु

images
images
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौं ।  बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न सुरु गरेको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचत फिर्ता शुभारम्भ गरेका हुन् ।

    images
    images

    समस्याग्रस्त घोषित दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सिभिल बचत तथा ऋण सहकारी संस्थाका १ हजार ७ सय ६६ बचतकर्ताको बचत फिर्ता सुरु गरिएको समितिले जनाएको छ ।बचत फिर्ता शुभारम्भ कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लामो समयदेखि रोकिएको बचतकर्ताहरूको बचतलाई सुरक्षित र व्यवस्थित गर्दै प्रभावकारी ढङ्गले फिर्ता गर्ने काम प्रदेश सरकारले अगाडि बढाएको जानकारी दिए ।

    बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने सहकारीका सञ्चालकहरूलाई कानुन बमोजिम कडा कारबाही गरिने उनले बताए । समितिले गत जेठ २२ गते समस्याग्रस्त ठहर भएका ती सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गर्दै सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो । उक्त पाँच सहकारीमा १४ हजार ६४ बचतकर्ताबाट २२ अर्ब ३८ करोड रुपैयाँ मागदाबि भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend