images

२०८३ आश्विन १७ गते

images
images
images

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने

images
images
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • मकवानपुर, ३० असार । नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ एम्बुलेन्स खरिद गर्ने भएको छ । सङ्घको ३७औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शपथग्रहण र पदस्थापन समारोहमा उक्त निर्णय गरी घोषणा गरिएको हो । 

    images
    images

    यहाँस्थित सङ्घको मुख्य कार्यालयमा आयोजित समारोहमा प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले नवनिर्वाचित अध्यक्ष सरोजकुमार खनाललाई पद तथा गोपनीयताको शपथ गराए । अध्यक्ष खनालले अन्य पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको शपथ गराएका थिए । 

    सङ्घका निवर्तमान अध्यक्ष हीरालाल श्रेष्ठले यातायात क्षेत्रलाई व्यवस्थित र व्यवसायीमैत्री बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए । 

    images
    images

    नवनिर्वाचित अध्यक्ष खनालले यातायात व्यवसायीले भोग्नु परेको समस्या समाधान गर्दै व्यावसायिक हकहित संरक्षण, यातायात व्यवस्थापन र सेवा सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    कार्यक्रममा मकवानपुर निर्माण व्यवसायी सङ्घका अध्यक्ष बालगोपाल कँडेल, नारायणी यातायात व्यवसायी सङ्घका पूर्वअध्यक्ष बद्रीप्रसाद चौलागाईलगायतले शुभकामना दिए। 

    अध्यक्ष खनालका अनुसार सङ्घले सञ्चालन गरिरहेको एम्बुलेन्स पुरानो भएकाले नयाँ ल्याउने निर्णय गरिएको हो । सामान्यतः एम्बुलेन्स १० वर्षसम्म मात्र सञ्चालन गर्न पाइन्छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पुराना एम्बुलेन्सलाई क्रमशः प्रतिस्थापन गर्नुपर्ने नीति अगाडि सारेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend