images

२०८३ आश्विन १६ गते

images
images
images

‘परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु हुँदै

‘परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु हुँदै

images
images
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौँ, ३० असार । जलवायु न्याय र सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै फाउन्डेसन’ले ‘हरित उत्सवः परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु गर्ने भएको छ ।

    images
    images

    फाउन्डेसनका अनुसार अन्तरपुस्ता महिलावादी मञ्चको सहकार्यमा धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउने उद्देश्यले यो अभियान सुरु गर्न लागिएको हो । 

    फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीका अनुसार पछिल्ला वर्षमा बढ्दो उपभोक्तावादी संस्कृतिका कारण चाडपर्वमा आवश्यकभन्दा बढी किनमेल गर्ने, प्लास्टिक धेरै प्रयोग गर्ने र खाद्यान्न खेर फाल्ने प्रवृत्ति बढेको छ । यस्ता अभ्यासलाई कम गर्न अभियान सञ्चालन गर्न लागिएको उनले बताइन । 

    images
    images

    उनका अनुसार यस्ता गतिविधिले वातावरणसँगै महिलामाथि पनि प्रत्यक्ष असर पार्ने भएकाले अभियानले परम्परा र संस्कृतिको सम्मान गर्दै वातावरणमैत्री रूपमा चाडपर्व मनाउन प्रेरित गर्नेछ । 

    फाउन्डेसनले चक्रिय अर्थतन्त्रलाई नेपालीको दैनिक जीवनशैलीमा स्थापित गर्ने लक्ष्य पनि राखेको छ । अभियानअन्तर्गत फाउन्डेसनले सन् २०२४ मा ‘ग्रीन तीज’ अभियान सञ्चालन गरेको थियो । त्यस अभियानमा सहभागी महिलाले हरित पर्व मनाउने पाँचबुँदे प्रतिबद्धता गरेका थिए ।

    फाउन्डेसनले जलवायु परिवर्तनको असर कम गर्न नीतिगत सुधारसँगै व्यक्ति र समुदायको व्यवहार परिवर्तनमा पनि जोड दिँदै आएको छ । साथै खाद्यान्न सङ्कट न्यूनीकरण, लैङ्गिक समानता, जल र स्थलको जैविक विविधता संरक्षण तथा साझेदारी प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend