images

२०८३ आश्विन १७ गते

images
images
images

भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित

भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित

images
images
सोमवार, आषाढ २९ २०८३
सोमवार, आषाढ २९ २०८३
  • भक्तपुर, २९ असार । जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
     
    जिल्ला जनस्वास्थ्य कार्यालयले मध्यपुरथिमिमा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरे । 
     
    त्यस अवसरमा प्रदेशमन्त्री थापाले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा मात्र नभई स्वस्थ समाज निर्माणको आधार तयार गरेको बताए । उनले भक्तपुर अस्पतालमा मुटुरोग सेवा विस्तार, ख्वप अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन जडानका लागि रु १५ करोड बजेट विनियोजन, सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न बजेट छुट्याइएको जानकारी दिए।
     
    बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले भक्तपुर अस्पताल मुलुककै उत्कृष्ट अस्पतालका रुपमा  स्थापित भएको बताए । 
     
    बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतमले पूर्ण खोप सुनिश्चितता घोषणाले हरेक वर्ष बाल मृत्युदरमा करिब ८० प्रतिशतले घटेकाले यसको दिगोपना कायम राख्नु ठूलो जिम्मेवारी रहेको धारणा राखे। 
     
    जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले जिल्लामा जन्मेदेखि १६ महिनासम्मका पाँच हजार ५० बालबालिका तथा १६ महिनादेखि २३ महिनासम्मका पाँच हजार ६८४ बालबालिकाले आवश्यक सबै खोप पूर्ण रुपमा प्राप्त गरेको जानकारी दिईन । 
     
    जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख सुजाता बाडेले पूर्ण खोप सुनिश्चितता घोषणासँगै नियमित अनुगमन, जनचेतना अभिवृद्धि र सेवा विस्तारमार्फत यसको दिगोपना कायम राख्नुपर्ने बताइन ।
     
    त्यस अवसरमा पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पु¥याउने चारै नगरपालिका, स्वास्थ्य कार्यालय, विभिन्न सरोकारवाला निकाय तथा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend