images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • टंकी सबस्टेशनमा लोड व्यवस्थापनपछि विराटनगरमा विद्युत्...

टंकी सबस्टेशनमा लोड व्यवस्थापनपछि विराटनगरमा विद्युत् आपूर्ति सहज,

टंकी सबस्टेशनमा लोड व्यवस्थापनपछि विराटनगरमा विद्युत् आपूर्ति सहज,

images
images
आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • विराटनगर, असार २८ । नेपाल विद्युत् प्राधिकरणले मोरङको विराटनगरस्थित ३३–११ केभी टंकी सबस्टेशनमा देखिएको अत्यधिक विद्युत् भार (ओभरलोड) को समस्या समाधान गर्न प्रभावकारी लोड व्यवस्थापन गरेपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सहज र भरपर्दो बनेको छ।

    images
    images

    बढ्दो विद्युत् खपतसँगै टंकी सबस्टेशन अन्तर्गतको ३३ केभी विराटनगर–३ फिडर मा पछिल्ला दिनहरूमा अत्यधिक लोड परेपछि विद्युत् आपूर्तिमा समस्या देखिन थालेको थियो। उपभोक्ताले भोल्टेज घट्ने, बीच–बीचमा विद्युत् अवरुद्ध हुने तथा प्रणालीमा अतिरिक्त दबाब सिर्जना हुने समस्या भोगिरहेका थिए। यही अवस्थालाई मध्यनजर गर्दै नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले तत्काल प्राविधिक व्यवस्थापनमार्फत लोड सन्तुलन गर्ने निर्णय गरेको हो।

    नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार टंकी सबस्टेशनमा जडान गरिएका २४–२४ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर को सञ्चालन प्रणाली पुनः व्यवस्थापन गरिएको छ। उनका अनुसार यसअघि रहेको लोडको असन्तुलन हटाउन पावर ट्रान्सफर्मर नम्बर–१ लाई ३३ केभी विराटनगर–२ फिडर बाट तथा पावर ट्रान्सफर्मर नम्बर–२ लाई ३३ केभी विराटनगर–३ फिडर बाट सञ्चालनमा ल्याइएको हो।

    images
    images

    उहाँले यस प्राविधिक परिवर्तनपछि विराटनगर–३ फिडरमा देखिएको ओभरलोडको समस्या पूर्ण रूपमा हटेको जानकारी दिए। अहिले दुवै पावर ट्रान्सफर्मरमा विद्युत् भार सन्तुलित रूपमा वितरण भएको, प्रणालीको सञ्चालन थप सुरक्षित बनेको र विद्युत् आपूर्तिको गुणस्तरमा समेत सुधार आएको उनले बताए।

    शाहका अनुसार हाल सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा नियमित र सुचारु रहेको छ। लोड सन्तुलन गरिएपछि ट्रान्सफर्मरमाथिको अतिरिक्त दबाब कम भएको, उपकरणको आयु बढ्ने तथा आकस्मिक प्राविधिक समस्या आउने सम्भावना पनि न्यून हुने अपेक्षा गरिएको छ।

    नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय बढ्दो विद्युत् मागलाई ध्यानमा राख्दै वितरण प्रणालीलाई थप सुदृढ बनाउन विभिन्न सबस्टेशन तथा फिडरहरूमा लोड व्यवस्थापन, क्षमता विस्तार र प्रविधिमैत्री सुधारका कार्यक्रम अघि बढाइरहेको जनाएको छ। गर्मीयाममा एयर कन्डिसनर, औद्योगिक उपकरण तथा अन्य विद्युतीय सामग्रीको प्रयोग बढेसँगै धेरै स्थानमा विद्युत् भार वृद्धि हुने भएकाले यस्ता व्यवस्थापन आवश्यक हुने प्राधिकरणको भनाइ छ।

    प्राधिकरणका अनुसार टंकी सबस्टेशनमा गरिएको लोड व्यवस्थापनले तत्कालका लागि ओभरलोड समस्या समाधान गर्नुका साथै भविष्यमा विद्युत् माग थप बढे पनि प्रणालीलाई तुलनात्मक रूपमा स्थिर राख्न सहयोग पुग्नेछ। यसबाट उद्योग, व्यवसाय तथा घरेलु उपभोक्ताले थप गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युत् सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

    वितरण केन्द्रले उपभोक्तालाई विद्युत् आपूर्तिसम्बन्धी कुनै समस्या वा असामान्य अवस्था देखिएमा नजिकको वितरण केन्द्र वा प्राधिकरणको ग्राहक सेवा प्रणालीमा जानकारी गराउन पनि आग्रह गरेको छ। साथै आगामी दिनमा पनि विद्युत् वितरण प्रणालीलाई अझ प्रभावकारी र उपभोक्तामैत्री बनाउने गरी आवश्यक प्राविधिक सुधारलाई निरन्तरता दिइने जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend