images

२०८३ आश्विन १६ गते

images
images
images

तनहुँको सयपत्री कतार निर्यात

तनहुँको सयपत्री कतार निर्यात

images
images
बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१
  • तनहुँ । आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो । 

    images
    images

    कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको  याञ्चोकटार महिलाहरुलाई फूल टिप्न व्यस्त छन् ।  

    समूहकी अध्यक्ष सुन्तली गुरुङ सहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त छिन् । समूहले गत वर्ष देखि सयपत्री कतार निकासी गर्न थालेको हो । गतवर्ष दुई लाख पचास बराबरको सयपत्री निकासी गरिएको जानकारी दिँदै अध्यक्ष गुरुङले यो वर्ष ८ लाख बराबरको फूल निर्यात गर्ने लक्ष्य रहेको बताइन् । 
     
    आँधीमूल महिला समूह र याञ्चोक महिला समूह एक आपसमा गाभिएर फूलखेती प्रारम्भ भएको हो । गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराए पछि महिलाहरु व्यावसायिक फूलखेती तर्फ आकर्षित भएका आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । 

    images
    images

    समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गर्दै आएको छ । ुआज र भोलि आँबुखैरेनी गाउँपालिका भित्रका १२ स्थानमा बिक्री स्थल बनाइनेछु, महिला सशक्तीकरण पालिकाको प्राथमिकता भएको बताउँदै उनले भने, केही माला तयार गरी कोल्ड स्टोरमा राखिएको छ ।फूलखेतीबाट समूहमा आबद्ध महिला आर्थिक रूपमा पनि सक्षम भएका छन् ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend