images

२०८३ आश्विन १७ गते

images
images
images

निजामती अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा,

निजामती अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा,

जनही २.९१ करोड बिगो दाबी

images
images
बुधवार, आषाढ २४ २०८३
बुधवार, आषाढ २४ २०८३
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती (सिभिल) अस्पतालका आठ कर्मचारीविरुद्ध औषधि खरिद तथा मौज्दात व्यवस्थापनमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    images
    images

    आयोगले प्रत्येक प्रतिवादीविरुद्ध २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो कायम गर्दै मुद्दा दायर गरेको जनाएको छ।

    अख्तियारका अनुसार अस्पतालको फार्मेसी शाखाका कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी अस्पतालमा औषधि आपूर्ति नै नगरी बिलभरपाइ मिलाएर सरकारी रकम हिनामिना गरेका थिए। अनुसन्धानका क्रममा सफ्टवेयरमा औषधि प्राप्त भएको अभिलेख राखिए पनि वास्तविक रूपमा औषधि अस्पतालमा भित्रिएको नदेखिएको आयोगले जनाएको छ।

    images
    images

    अनुसन्धानका क्रममा अस्पतालको स्टोर र भर्‍याङमुनि करोडौं रुपैयाँ मूल्यका म्याद गुज्रिएका औषधि फेला परेका थिए। तर कम्प्युटर प्रणालीमा भने ती औषधि मौज्दातमै रहेको देखाइएको अख्तियारको दाबी छ।

    महालेखा परीक्षकको प्रतिवेदनले पनि अस्पतालको फार्मेसीमा खरिद, बिक्री र मौज्दातको सन्तुलन परीक्षण तयार नगरिएको तथा लेखापरीक्षणका क्रममा विभिन्न कैफियत औंल्याएको थियो।

    आयोगका अनुसार म्याद सकिन लागेका औषधि आपूर्तिकर्तालाई फिर्ता गरी सोधभर्ना लिनुपर्ने व्यवस्था हुँदाहुँदै कर्मचारीहरूले आपूर्तिकर्ताको धरौटी रकम फिर्ता गरिदिएर सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएका थिए। साथै, अस्पतालका कार्यकारी निर्देशकले म्याद गुज्रिएका औषधि व्यवस्थापन गर्न दिएको निर्देशन कार्यान्वयन नगरी नक्कली प्रतिवेदन तयार पारी सरकारी सम्पत्तिको हिनामिना गरेको आरोप पनि उनीहरूमाथि लगाइएको छ।

    मुद्दा दायर गरिएका कर्मचारी
    दीपा ढुङ्गाना – फार्मेसी युनिट इन्चार्ज/फार्मेसी अधिकृत
    लवेन्द्र कुँवर – फार्मेसी सहायक
    दिनेश पन्त – वरिष्ठ फार्मेसी सहायक
    दीपक सापकोटा – फार्मेसी सहायक
    विनोद पोखरेल – स्टोर किपर/वरिष्ठ फार्मेसी सहायक
    शर्मिला श्रेष्ठ – स्टोर किपर/वरिष्ठ फार्मेसी सहायक
    केशवराज न्यौपाने – स्टोर किपर/फार्मेसी सहायक
    सन्दीप तिवारी – स्टोर किपर/फार्मेसी सहायक

    आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही तथा बिगो असुलउपरको माग गर्दै विशेष अदालतमा अभियोगपत्र दायर गरेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend