images

२०८३ आश्विन ३० गते

images
images
images

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

images
images
बुधवार, आषाढ २४ २०८३
बुधवार, आषाढ २४ २०८३
  • काठमाडौँ, २४ असारः । प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३’ गरी दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन सर्वसम्मतले स्वीकृत गरेको छ ।

    images
    images

    सभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक २०८२’ को प्रतिनिधिसभाबाट दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गरे थिए भने अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव राखेका थिए । यि दुवै विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले स्वीकृत भएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend