images

२०८३ आश्विन ३० गते

images
images
images
  • समाचार
  • ललितपुरमा युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतविरुद्ध...

ललितपुरमा युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतविरुद्ध ५ दिन म्याद थप

ललितपुरमा युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतविरुद्ध ५ दिन म्याद थप

images
images
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौँ । ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने सरकारी कर्मचारीबारे अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ । सोमबार पक्राउ परेका बैतडी घर भएका सुरेन्द्र भट्टमाथि अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले  बताए ।

    images
    images

    प्रहरी वृत्त सातदोबाटोले उनीविरुद्ध सार्वजनिक स्थलमा अश्लील प्रदर्शन गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको छ । भट्ट शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा समन्वय इकाईमा दरबन्दी भएर सिंहदरबारस्थित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा अधिकृत तहमा कार्यरत छन् ।आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । गल्लीमा एक्लै देखेपछि भट्टले कपडा खोलेर गोप्य अङ्ग देखाएको युवतीको आरोप छ ।

    त्यसपछि उनले हिम्मत गरेर आफ्नो स्मार्ट फोन मार्फत भिडियो खिच्दै फलो गरिन् र पक्राउ गरिदिन आग्रह गरिन् । अर्का यात्रुले आरोपीलाई नियन्त्रणमा लिएपछि पीडितले खुट्टा ढोग्न लगाएको र आरोपीले ‘सरी’ भनेको भिडियोमा देख्न सकिन्छ । अनुसन्धानको लागी घटनास्थलको सिसिटिभी फुटेज सङ्कलन गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend