images

२०८३ आश्विन ३० गते

images
images
images
  • समाचार
  • आलिया अभिनीत फिल्म ‘अल्फा’गत शुक्रबारदेखि प्रदर्शनरत,...

आलिया अभिनीत फिल्म ‘अल्फा’गत शुक्रबारदेखि प्रदर्शनरत, व्यापार कस्तो ?

आलिया अभिनीत फिल्म ‘अल्फा’गत शुक्रबारदेखि प्रदर्शनरत, व्यापार कस्तो ?

images
images
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • भारत । यशराज स्पाइ युनिभर्सअन्तर्गत आदित्य चोपडाको निर्माण र शिव रवैलको निर्देशनमा बनेको बलिउड फिल्म ‘अल्फा’ गत शुक्रबारदेखि प्रदर्शनरत छ। यस फिल्मले चार दिनमा विश्वभर ६३.६० करोड भारतीय रुपैयाँ कमाएको छ।सोमबार भारतमा ३.३५ करोड भारु ग्रस कलेक्सन गरेको छ।

    images
    images

    फिल्मले भारतमा पहिलो दिन ९.२५ करोड रुपैयाँ कमाएर गरेको थियो। शनिबार ११.५० करोड रुपैयाँ र आइतबार १३.२५ करोड रुपैयाँ कमाएको छ। तर, आइतबारको तुलनामा फिल्मको व्यापारमा उच्च गिरावट आएको छ। भारतमा फिल्मको कुल कलेक्सन ३७.८५ करोड पुगेको छ। यशराज स्पाइ युनिभर्सका अन्य फिल्महरूको तुलनामा ‘अल्फा’ प्रदर्शन निकै कमजोर देखिएको छ। यस फिल्ममा आलियासहित शर्वरी, अनिल कपुर, बबी देओल लगायतको अभिनय छ। साथै ऋतिक रोशनको विशेष भूमिका छ। ‘वार’ र ‘वार-२’ का लोकप्रिय पात्र मेजर कबिर धालीवालको भूमिकामा ऋतिक रोशनलाई देख्न सकिन्छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend