images

२०८३ आश्विन १६ गते

images
images
images
  • कृषि
  • धानबालीका लागि मलको अभाव हुँदैन, ९५...

धानबालीका लागि मलको अभाव हुँदैन, ९५ हजार मेट्रिक टन मौज्दात छ : मन्त्री चौधरी

धानबालीका लागि मलको अभाव हुँदैन, ९५ हजार मेट्रिक टन मौज्दात छ : मन्त्री चौधरी

images
images
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौँ । कृषि, वन तथा पर्यावणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक पर्ने रासायनिक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेकी छन् ।मंगलबार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले धानबालीका लागि आवश्यक मलको व्यवस्था गरिएको स्पष्ट पारेकी हुन् । उनले मलको अभाव हुन नदिनका लागि सम्बन्धित संघीय र प्रादेशिक मन्त्रालयहरूमा गुनासो सुनुवाइ गर्न सम्पर्क व्यक्तिको व्यवस्था गरिएको जानकारी पनि दिइन् । मन्त्री चौधरीले मलका लागि बजेटको अभाव हुन नदिने आश्वासन अर्थ मन्त्रालयले दिएको समेत बताइन् ।

    images
    images

    सदनमा बोल्दै मन्त्री चौधरीले भनिन्, ‘हाल ९५ हजार मेट्रिक टन मल मौज्दात छ । र जिटुजीमार्फत थप ५० हजार मेट्रिक टन चाँडै आपूर्ति हुने क्रममा रहेको छ । यसरी धान सिजनका लागि आवश्यक मल सहज रुपमा उपलब्ध हुने देखिन्छ । मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयबाट आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध हुने प्रतिवद्धता भएको व्यहोरा माननीय सदस्यहरुलाई जानकारी गराउन चाहन्छु । साथै आगामी आर्थिक वर्षको मल आपूर्ति तथा व्यवस्थापनको कार्य योजना समेत तयार भईसकेको जानकारी गराउँदछु । रसायनिक मलको वितरण तथा उपलब्धताको गुनासो सुन्नका लागि संघीय मन्त्रालय, प्रादेशिक मन्त्रालयहरुमा गुनासो सुन्ने सम्पर्क व्यक्तिको व्यवस्था गरिएको छ ।’मन्त्री चौधरीले सरकारले कृषकहरूका लागि आवश्यक पर्ने उन्नत बीउविजनको पनि कुनै अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend