काठमाडौं । सरकारले अदुवा, छुर्पी र गलैंचा निर्यात गर्न विशेष रणनीति बनाउँदैछ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले यसबारे जानकारी दिएका हुन् ।उनका अनुसार नेपाल व्यापार एकीकृत रुणनीति २०८० अनुसार निर्यातको सम्भावना भएका वस्तुहरूको सम्बन्धमा सरकारले काम गरिरहेको छ । यसक्रममा उनले भनेकी छन्, ‘यसक्रममा अदुवा, छुर्पी र गलैंचा यी तीन वटा वस्तुको छुट्टाछुट्टै निर्यात रणनीतिको मस्यौदला तयार भइसकेको छ ।’
आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा राष्ट्रिय सभामा उठेका पश्नहरूको जवाफ दिने सन्दर्भमा मन्त्री गौरी कुमारीले यस्तो जानकारी दिएकी हुन् ।यसबाहेक चिया तथा अलैंचीको भण्डारण गर्न वेयर हाउन निर्माण गर्न स्रोत सुनिश्चित गरिएको पनि उनले जानकारी दिइन् ।




.gif)



