images

२०८३ आश्विन ३० गते

images
images
images
  • समाचार
  • जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन...

जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागको निर्देशन

जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागको निर्देशन

images
images
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौँ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ।मंगलबार सार्वजनिक गरिएको सूचनाअनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले तोकिएको अवधिभित्र उपस्थित हुन विभागले निर्देशन दिएको हो। विभागले उक्त सूचना बुढानीलकण्ठस्थित देउवा निवासमा समेत टाँस गरिएको जनाएको छ।

    images
    images

    यसअघि विभागले शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पनि बयानका लागि बोलाएको थियो। उनीहरूले साउन मसान्तभित्र उपस्थित हुने जानकारी विभागलाई गराइसकेका छन्।विभागका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेकाले आवश्यक प्रक्रियाअनुसार सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ भइरहेको छ। यद्यपि, अनुसन्धान कुन विषयसँग सम्बन्धित छ भन्नेबारे विभागले थप विवरण सार्वजनिक गरेको छैन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend