images

२०८३ आश्विन ३० गते

images
images
images
  • समाचार
  • ऋण असुलीबाट शिव शिखर सहकारीका थप...

ऋण असुलीबाट शिव शिखर सहकारीका थप २४८ बचतकर्ताले पाए रकम

ऋण असुलीबाट शिव शिखर सहकारीका थप २४८ बचतकर्ताले पाए रकम

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप २४८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।समितिका अनुसार पछिल्लो चरणको भुक्तानीसँगै हालसम्म शिव शिखर सहकारीका कुल एक हजार ११७ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाइसकेका छन्।

    images
    images

    समितिले पहिलो चरणमा न्यून रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गर्ने कार्य अघि बढाएको जनाएको छ। आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गरिनेछ।सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमबाटै बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार समस्याग्रस्त घोषित सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त हुने रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनबमोजिम फिर्ता गर्ने कार्य निरन्तर रूपमा सञ्चालन भइरहेको छ।

    समितिले ऋण असुली र सम्पत्ति व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाउँदै बचतकर्ताको रकम क्रमशः फिर्ता गर्ने प्रक्रिया जारी रहने जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend