images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • नेपालमा शाओमीको सेवा विस्तार, तीन सहरमा...

नेपालमा शाओमीको सेवा विस्तार, तीन सहरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा

नेपालमा शाओमीको सेवा विस्तार, तीन सहरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले नेपालमा आफ्नो बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्दै धरानलाइन, इटहरी र नारायणगढ (लायन्सचोक) मा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।कम्पनीका अनुसार नयाँ सेवा केन्द्रहरू सञ्चालनमा आएपछि शाओमी प्रयोगकर्ताले स्मार्टफोनदेखि वेयरएबल्स, हियरएबल्स तथा आइओटी उपकरणसम्मका लागि थप सहज, छरितो र विश्वसनीय प्राविधिक सेवा प्राप्त गर्न सक्नेछन्। यी केन्द्रहरूबाट सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्या समाधानसम्मका सेवा उपलब्ध हुने जनाइएको छ।

    images
    images

    नेपालमा पछिल्ला वर्षहरूमा स्मार्टफोन तथा स्मार्ट डिभाइसको प्रयोग तीव्र रूपमा बढ्दै गएको अवस्थामा ब्रान्डहरूले बिक्रीपछिको सेवा सञ्जाललाई विस्तार गर्न थालेका छन्। शाओमीको पछिल्लो कदमलाई पनि यही प्रतिस्पर्धात्मक बजार संरचनासँग जोडेर हेरिएको छ, जहाँ ग्राहक सन्तुष्टि र सेवा पहुँच नै दीर्घकालीन ब्रान्ड विश्वासको आधार बन्दै गएको छ।नयाँ सर्भिस सेन्टरहरूको सञ्चालन टेलिडाइरेक्ट प्रा.लि.ले गर्नेछ। रमेश कर्पअन्तर्गत रहेको टेलिडाइरेक्टले नेपालभर शाओमीका लागि आधिकारिक सेवा र ग्राहक सहायता प्रदान गर्दै आएको छ।इटहरीस्थित सर्भिस सेन्टरमा ‘कस्टमर एक्सपेरियन्स जोन’ समेत स्थापना गरिएको छ, जसमा ग्राहकले शाओमीका विभिन्न उत्पादन प्रत्यक्ष रूपमा अवलोकन, प्रयोग र अनुभव गर्न सक्नेछन्। कम्पनीका अनुसार यसले सेवा केन्द्रलाई केवल मर्मतस्थल नभई अनुभव–आधारित ग्राहक सम्पर्क केन्द्रका रूपमा विकास गर्नेछ।

    टेलिडाइरेक्ट प्रा.लि.का जनरल मेनेजर दीपक श्रेष्ठले नयाँ सेवा केन्द्रहरू सञ्चालनमा आउनु शाओमीका ग्राहकलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम भएको बताए। उनले ग्राहक विश्वासलाई मजबुत बनाउँदै नेपालभर बिक्रीपछिको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।कम्पनीले छिट्टै ग्राहकका लागि आकर्षक छुट तथा सेवा–सम्बन्धी योजना पनि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।नयाँ सर्भिस सेन्टरहरूमा दक्ष प्राविधिकको व्यवस्था गरिएको छ, जसले आधिकारिक मापदण्डअनुसार सेवा प्रदान गर्ने कम्पनीको भनाइ छ। यससँगै शाओमी प्रयोगकर्ताले आवश्यक परेमा तत्काल प्राविधिक परामर्श र सेवा लिन सक्ने सुविधा पनि विस्तार भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend